
राजन झा, जनकपुर । २०७८ आश्विन १२, मंगलवार
जनकपुरधामको अस्पताल रोडस्तिथ एक कपडा पसलमा भिषण आगलागी भएको छ ।
रामानन्द चौकबाट प्रादेशिक अस्पताल जाने बाटोमा रहेको महारानी वस्त्रालयमा करिब १२ बजेतिर आगलागी भएको हो । विद्युत सर्ट भएर आगीलागी भएको पसल संचालकको एक जना आफन्तको भनाई छ ।
आगलागीबाट पसलमा रहेको सम्पूर्ण कपडा जलेर नष्ट भएको छ ।आगलागीबाट लाखौको क्षती भएको छ । दमकल र स्थानीयवासीको सहयोगमा आगो निभाईएको थियो ।