उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सम्पन्न
मुलुक डेस्क, काठमाडौंमा । २०७८ कार्तिक २५, बिहीवार सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठ पर्व आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व सोमबारदेखि शुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठ पर्व […]
आजदेखि ४४ हजार गणक सहित जनगणना शुरु
मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २५, बिहीवार मुलुकभरि बिहीबारदेखि राष्ट्रिय जनगणना सुरु हुँदैछ।प्रत्येक १० वर्षमा जनगणना गरिन्छ। केन्द्रीय तथ्यांक विभागले गणकलाई सही सूचना दिएर सहयोग गर्न सबैलाई अपिल गरेको छ। विभागले बुधबार पत्रकार सम्मेलन गरी प्रत्येक नागरिकलाई जनगणनामा सहभागी हुन अपिल गरेको हो। ‘अहिलेको जनगणनामा सहभागी भएनौं भने हामी राष्ट्रिय तथ्यांकमा छुट्छौं’,विभागका महानिर्देशक नेवीनलाल […]
अस्ताउँदो सूर्यलाई अर्घ्य दिदै सर्लाही रौतहट लगायत देशभर छठको रौनक
कृष्ण सिंह, रौतहट । २०७८ कार्तिक २४, बुधवार छठ पर्वको मुख्य दिन आज मधेश लगाएत देशभर अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँएकाे छ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भोलि बिहीवार (बिहान) उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि समपन्न हुन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी छठकाे पहिलो दिन एक छाक खाएर बस्ने […]
छठकाे अवसरमा पूर्वयुवराज्ञी हिमानी वीरगञ्जमा
गौरव वर्मा, पर्सा । २०७८ कार्तिक २४, बुधवार हिमानी ट्रस्ट मार्फत सामाजिक कार्यमा संलग्न भय पश्चात् विभिन्न कार्यक्रममा सरिक हुँदै आएकी पूर्वयुवराज्ञी हिमानी शाह छठकाे अवसरमा आज वीरगञ्जको घडिअर्वा पोखरीको छठ घाट पुगेकी छन्। आज अपरान्ह ४ बजे सिमरा अवतरण पछि स्थलमार्ग हुदै वीरगञ्ज पुगेर साँझको अर्घमा शाह सहभागी भएकी हुन्। विगतका केही वर्षदेखि पूर्वयुवराज्ञी […]
मानव कल्याणका लागि मेयर पराजुलीको छठ व्रत
मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २४, बुधवार विश्व शान्ति र मानवकल्याणका निम्ति विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सदाझैँ यसवर्ष पनि छठपर्वमा छठीमाताका लागि दण्डवत् प्रणाम गर्दै घाटसम्म पुग्ने यात्रा आरम्भ गरेका छन्। विराटनगर महानगरपालिकाको पोखरियास्थित ठूलो मिलको दुर्गा मन्दिरबाट आज बिहान ११ः२७ बजे यात्रा शुभारम्भ गर्दै छठीमाताले विश्वमा फैलिएको कोरोनाको महामारीलाई अन्त्य गर्ने विश्वास […]
चोरी भएको मोटरसाईकल र चोर प्रहरीको नियन्त्रणमा
कृष्ण सिंह, सर्लाही। २०७८ कात्तिक २१, आइतवार सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा ८ स्थित जिल्ला अस्पतालको प्रांगणबाट चोरि भएको मोटरसाईकल प्रहरीले २ घण्टाभित्रै पत्ता लगाइ चोरसहित नियन्त्रणमा लिएको छ । शनिवार राति करिब पौने ८ बजेको समयमा अस्पतालको प्रांगनबाट रातो रंगको प्यासन प्रो मोटरसाईकल चोरी भएको थियो।मोटरसाइकल चोरी भएको खवर पाउनासाथ जिल्ला प्रहरी कार्यालय तथा […]
महोत्तरी सरपल्लोमा हनुमान मन्दिरको उदघाटन ।
रामअधार साह, महोत्तरी । २०७८ कार्तिक २३, मंगलवार महोत्तरीको मनराशिसवा नगरपालिका वडा न. ६, सरपल्लोमा हनुमान मन्दिरकाे समउदघाटन लोसपा नेपालको वरिष्ठ नेता एवं पुर्व रक्षामन्त्री शरत सिंह भण्डारीले गरेका छन् । समारोहको शोभ र गरिमा बढाउन कलश यात्रा पनि गरिएको थियोे । आज मंगलवार महावली हनुमानको जन्मवारको अवसर पारी एक विशेष समारोहवीच हनुमान मन्दिरमा हनुमानको […]
लोकपर्व छठको तेस्रो दिन आज ‘खरना’
मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २३, मंगलवार लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा-अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय-खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) […]
देशभर विधिवत् रूपमा आजदेखि छठ पर्व सुरू
मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २२, सोमवार देशभर र विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरू भएको छ । कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो । यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ । यस दिन बिहान सरसफाइ गरी नुहाएर […]
भारतीय सवारी साधनको तथ्याङ्क सङ्कलन गरिने
मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २१, आइतवार काठमाडौं । प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानूनी धन्दा न्यूनीकरण गर्न प्रहरीले भारतीय नम्बर प्लेटका सबै प्रकारका सवारीसाधनको तथ्याङ्क सङ्कलन गर्न लागेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए । […]