चोरी भएको मोटरसाईकल र चोर प्रहरीको नियन्त्रणमा

कृष्ण सिंह, सर्लाही। २०७८ कात्तिक २१, आइतवार सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा ८ स्थित जिल्ला अस्पतालको प्रांगणबाट चोरि भएको मोटरसाईकल प्रहरीले २ घण्टाभित्रै पत्ता लगाइ चोरसहित नियन्त्रणमा लिएको छ । शनिवार राति करिब पौने ८ बजेको समयमा अस्पतालको प्रांगनबाट रातो रंगको प्यासन प्रो मोटरसाईकल चोरी भएको थियो।मोटरसाइकल चोरी भएको खवर पाउनासाथ जिल्ला प्रहरी कार्यालय तथा […]

महोत्तरी सरपल्लोमा हनुमान मन्दिरको उदघाटन ।

रामअधार साह, महोत्तरी । २०७८ कार्तिक २३, मंगलवार महोत्तरीको मनराशिसवा नगरपालिका वडा न. ६, सरपल्लोमा हनुमान मन्दिरकाे समउदघाटन लोसपा नेपालको वरिष्ठ नेता एवं पुर्व रक्षामन्त्री शरत सिंह भण्डारीले गरेका छन् । समारोहको शोभ र गरिमा बढाउन कलश यात्रा पनि गरिएको थियोे । आज मंगलवार महावली हनुमानको जन्मवारको अवसर पारी एक विशेष समारोहवीच हनुमान मन्दिरमा हनुमानको […]

लोकपर्व छठको तेस्रो दिन आज ‘खरना’

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २३, मंगलवार लोकआस्थाको महापर्व छठको तेस्रो दिन आज मङ्गलबार बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल तृतीयामा ‘अरबा-अरबाइन’ र चौथीका दिन हिजो सोमबार ‘नहाय-खाय’ सम्पन्न गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान स्नान गरी दिनभरि निराहार उपवास (व्रत) […]

देशभर विधिवत् रूपमा आजदेखि छठ पर्व सुरू

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २२, सोमवार देशभर र विशेष रूपमा नेपालको मिथिलाञ्चल क्षेत्रमा तराई मधेशमा मनाइने छठ पर्व आजदेखि विधिवत् रूपमा सुरू भएको छ । कार्तिक शुक्ल चतुदर्शी छठको पहिलो दिन हो । यस दिनदेखि छठ पर्व आरम्भ हुन्छ । छठको पहिलो दिनलाई ‘नहाय खाय’ भनिन्छ । यस दिन बिहान सरसफाइ गरी नुहाएर […]

भारतीय सवारी साधनको तथ्याङ्क सङ्कलन गरिने

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २१, आइतवार काठमाडौं । प्रहरीले सबै प्रकारका भारतीय नम्बर प्लेटका सवारी साधनको तथ्याङ्क सङ्कलन गर्ने भएको छ । सवारी दुर्घटना न्यूनीकरण तथा गैरकानूनी धन्दा न्यूनीकरण गर्न  प्रहरीले भारतीय नम्बर प्लेटका सबै प्रकारका सवारीसाधनको तथ्याङ्क सङ्कलन गर्न लागेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।     […]

भाइटीकामा खुल्ने काठमाडौंका मन्दिरहरु

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक २०, शनिवार यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइँदैछ। तिहारको यही सामाजिक मान्यताले गर्दा दिदीबहिनी नहुनेका लागि भने आजको दिन निकै खल्लो लाग्ने गर्दछ। तर दिदीबहिनी नहुनेका […]

आजबाट नेपाल संवत् ११४२ सुरु, र म्ह : (आत्म) पूजा

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १९, शुक्रवार प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।राष्ट्रिय विभूति साख्वाःले विसं ९३७ (इ सं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराएका […]

नेपालमा भाइटीकाको साइत शनिवार ११ : २ बजे

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १९, शुक्रवार तिहारको पाँचौं अर्थात् शनिबार भाइटीका लगाइँदैछ। प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको प्रमुख दिन हो। यस वर्षको भाइटीकाको उत्तम साइत ११ बजेर २ मिनेटमा भाइटिका लगाउनु उत्तम रहेको नेपाल पंचाङ्ग निर्णायक समितिले जनाएको छ। त्यसपछि दिनभर नै टीका लगाउन सकिने समितिले बताएको छ। सर्वसाधारणका […]

तिहारमा फूलमय न्युरोड

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १९, शुक्रवार तिहारको झिलिमिलि संगै राजधानीको नयाँ सडक फूलमय बनेको छ । चारैतिर फूलफूलको व्यापार,रंगीविरंगी बत्ती अनि सुन्दरफूलले सझाइएको पसलहरु ।न्युरोडका पसलहरु फूलैफूलले सझाइएका छन् । विशेष गरी यहाँका ज्वलरी पसलहरुमा सझावटको भव्यता देख्न सकिन्छ । विशाल बजारको सटरमा रहेका पसलहरुको लवीमा विभिन्न रंगका तोरण टाटिएको छ । रंगीविरंगी […]

यमपञ्चक शुरु, पहिलो दिन आज ‘धनतेरस’

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक १६, मंगलवार तिहार पर्व अर्थात यमपञ्चक शुरु भएको छ। यमपञ्चकको हरेक दिनको आ आफ्नै धार्मिक मान्यताहरू रहेका छन्। आज धन त्रयोदशी अर्थात् धनतेरश। विशेषगरी दिपावलीको किनमेलको लागि आजको दिन निक्कै उत्तम मानिन्छ। आजको दिन खरिद गरेका सामग्रीहरू राखेर लक्ष्मी पूजा गरेमा लक्ष्मी माता खुसी भई हामीलाई धनधान्यले सम्पन्न गराउने […]