अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा मधेशी आयोगद्वारा कार्यक्रम ।

मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन १०, मंगलवार अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा मधेशी आयोगद्वारा हिजाे २१ फेब्रुअरीको दिन तेस्रो मातृभाषा दिवस कार्यक्रम सम्पन्न गरेको छ् । मधेशी आयोगले आफ्नै सभाहलमा सम्पन्न गरेको सो कार्यक्रममा अध्यक्षता आयोगका अध्यक्ष डा. विजय कुमार दत्तले गरेका थिए भने प्रमुख अतिथिको रुपमा राष्ट्रिय सभाका सदस्य एवं नेकपा एमाले संसदीय दलका […]

महोत्तरी घटनाका योजनाकार पक्राउ ।

मुलुक डेस्क, महोत्तरी । २०७८ फाल्गुन ०८, आइतवार महोत्तरीको जंगलमा फेला परेको गर्भवती महिला शव र वेवारिस फालेका दुई बालक घटनाका मुख्य योजनाकार पक्राउ परेका छन् ।बालकलाई वेवारिस अवस्थामा छोडेर भाग्ने र महिलाको हत्या गर्ने एउटै व्यक्ति रहेको खुल्न आएको छ। गौशला नगरपालिका १२ स्थित सगरनाथ वन परियोजनाको जंगलमा भेटिएको गर्भवती महिला शव र वेवारिस […]

शिक्षालय प्रमुख विनोदचन्द्र झाको विदाई र नवप्रमुख धनुज कुमार यादवको स्वागत ।

प्रमोद सहनी, रौतहट । २०७८ फाल्गुन ०८, आइतवार रौतहटको देवाही गोनही नगरपालिका वडा नं ९ स्थित जय किसान बहुप्राबिधिक शिक्षालयका पूर्व शिक्षालय प्रमुख ई. विनोद चन्द्र झा र सिभिल डिपार्टमेन्टका सञ्जय यादवको विदाई भएको छ । शिक्षालयमा हुँदा दुवै जना राष्ट्रसेवक कर्मचारी भएर जनहितकारी कार्यहरु गरेको स्मरण गर्दै उनका समकक्षीहरुले दुवै जनालाई विधिवत ससम्मान विदाई […]

प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान होइन: पूर्वराजा ज्ञानेन्द्र

मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन ०६, शुक्रवार पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र कसैले कसैलाई दिने दान अनुदान नभएको बताएका छन्। उनले त्यो व्यवस्था आफ्नै आचरण र अभ्यासबाट फल्दै फुल्दै जाने प्रणाली भएको बताएका छन्। प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा शुक्रबार वक्तव्यमार्फत् सन्देश जारी गरी शाहले अरूले ओढाइदिएको आकाशमुनि छिरेर ओभाने बन्ने र धरातलका मान्यतालाई भुल्ने परिपाटी प्रजातन्त्र […]

“हेर्दा, सुन्दा र बुझ्दा ताजुब लाग्छ !”

डा. मनोज कुमार झा, काठमाडौं । २०७८ फल्गुन ०६, शुक्रवार “बुद्धिहिन, ज्ञानहिन, अध्यनहिन, चेतनाहिनको जमात नै रहेछ यहाँ !” देशको वर्तमान परिस्थितिमा नेता र दलको शैली, व्यबहार र अभिष्ट हेर्दा कुरुप, निर्वस्त्र र शरणागतको सहजै आभास गर्न सकिन्छ । गणतान्त्रिक देशको बहार त हेरौं जनादेशको कदर नभई परमादेशको बोलबाला छ् । बिकासको नाममा ब्रह्मलुटकाे अराजकता […]

न्यायका लागि निहारिकाको दौड: ‘प्रशासनदेखि अदालतसम्म, महिला अयोगदेखि मधेशी आयोगसम्म !’

मुलुक डेस्क, काठमाडौं । २०७८ फाल्गुन ०३, मंगलवार जबर्जस्ति कारनीका अभियुक्त शिवराज श्रेष्ठलाई जिल्ला अदालत धनुषाका ५ नम्बर बेन्चका न्यायाधीश प्रशुराम भट्टराईले गत साता सफाइ दिएको विरुद्धमा पीडित निहारिकाले न्यायका लागि प्रशासनदेखि अदालतसम्म रमहिला अयोगदेखि मधेशी आयोगसम्म दौड लगाई रहेकी छिन् । न्याय नपाएको भन्दै न्यायका लागि भौतारिदै रहेकी कुमारी आमाको नामले प्रसिद्ध निहारिका राजपुतले […]

जनकपुरधाम बेङ्गा शिवपुरका ३७३ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण ।

बद्री नाथ झा, जनकपुरधाम । २०७८ माघ २८, शुक्रवार भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री शशी श्रेष्ठले धनुषाको जनकपुरधाम उपमहानगरपालिका १९ बेङ्गा शिवपुरमा लामो समयदेखि जग्गाको भोगचलन गर्दैआएका ३७३ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) वितरण गरिएको छ । वडा कार्यालयमा बिहिबार आयोजित एक कार्यक्रमबीच जग्गाधनी प्रमाणपत्र वितरण गर्दै मन्त्री श्रेष्ठले आफु मन्त्री भएपश्चात पुर्जा वितरणको कामलाई […]

सुजीत झा कृत “पूनी पूनी होत विवाह” लोकार्पण ।

मुलुक डेस्क, जनकपुर । २०७८ माघ १७, सोमवार पत्रकार सुजीतकुमार झाद्वारा सीतारामको विवाहसँग सम्बन्धित मैथिली भाषामा लिखित अनुसन्धानमुलक पुस्तक ‘पूनी पूनी होत विवाह’ को लोकार्पण कार्यक्रम आज एक समारोहका बीच सम्पन्न भएको छ । रामजानकी विवाह सम्बन्धमा लेखिएको सो पुस्तकको प्रकाशन मधेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले गरेको छ । ६८८ पुष्ठको सो […]

“अन्तर मन”

डा. मनोज कुमार झा । काठमाडौं मेरा पिडाहरु कसले बुझिदिने ?आफ्नैले विश्वासघात गरिदिँदा कसैको केही लाग्दो रहेन्छ !छ कोहि, जसले मेरा यी पिडाहरुमा मलहम लगाउन अग्रसरता देखाउने दुस्साहस राख्छ ? मलाई मेरो चिन्ता छैन, निधारमा जे लिखिएको होला त्यो भोगौला / भोग्दै छु ।मलाई त मेरो “जननी जन्मभूमि” को चिन्ताले पिरोलेको छ ।किनभने मैले जीवनभर […]

नेपालको नयाँ जनसंख्या: २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

मुलुक डेस्क, काठमाडौं । २०७८ माघ १२, बुधवार बुधबार केन्द्रीय तथ्यांकले नेपालको जनगणना-२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड ( २ करोड ९१ लाख ९२ हजार ४ सय ८० ) पुगेको जनाएको हो । यसपटकको जनगणनामा महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ […]