
डा. मनोज कुमार झा । काठमाडौं
मेरा पिडाहरु कसले बुझिदिने ?
आफ्नैले विश्वासघात गरिदिँदा कसैको केही लाग्दो रहेन्छ !
छ कोहि, जसले मेरा यी पिडाहरुमा मलहम लगाउन अग्रसरता देखाउने दुस्साहस राख्छ ?
मलाई मेरो चिन्ता छैन, निधारमा जे लिखिएको होला त्यो भोगौला / भोग्दै छु ।
मलाई त मेरो “जननी जन्मभूमि” को चिन्ताले पिरोलेको छ ।
किनभने मैले जीवनभर यति मात्रै सिके, बुझे, मनन गरे !
“अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ।।”
र,
मित्राणि धन धान्यानि प्रजानां सम्मतानिव ।
जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ।।
अर्थात, “जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी ।।”
प्रसंग,
अस्ति मात्रै मैले नै जन्माएको मेरै बाछो धेरै ज्ञानी बनेर आत्मरत्तिमा रमाउने मनसायले ग्रस्त भएर कुर्सी कै उन्मादको दम्बमा त्यसको राप-ताप थेग्न नसकेर बुरुक-बुरुक उफ्रिदाँ चिसोमा कठाङ्ग्रीएर अनावश्यक सु-सु गर्दा अनाहकमै खेतबारी बाँझो – मरुभूमि नै बनाए,
भए-भरका बाली जम्मै सुकाए,
मेरै विश्वास ले मै माथी विश्वासघात गर्यो,
बाछो बफादार – ईमान्दार – कर्तव्य परायण नभईदिँदा,
विश्वासघाती भई दिँदा नमकहराम भईदिँदा,
मेरा भएभरका लगानी – पुँजी – संचित – साँवा – मेहनत – परिश्रम – सामर्थ्य – प्रतिष्ठा – आत्मबल – ब्याक्तित्व पनि सबै सबै सँगसँगै एकैचोटि पशुपति आर्यघाटमा पुर्याए !!
“किसान, साहु, उपभोक्ता को हरि-बिजोग !!”
अब मरुभूमिमा खेती गर्ने रे,
बबुल नै बबुल उब्जाउने र सर्प नै सर्प पाल्ने रे,
त्यसकै व्यापार-व्यवसाय गर्ने रे,
आफु नै मात्र फस्टाउने र किसान – साहु – उपभोक्ता सबैलाई गीत सुनाउँदै धुरु-धुरु रुवाउने रे !!
धिक्कार छ मलाई, “पूण: मुस्को भव” ।।