जन्तीको स्कारपियो दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु

जन्ती जादैं गरेको क्रममा बेलुका ४ बजे जयनगर स्थित स्कारपियो दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु । चारजना गम्भीर घाइते ! कृष्ण सिंह, रौतहट । २०७८ पौष १३, मंगलवार रौतहटमा जन्ती बोकेको भारतीय नम्बर प्लेटको स्कोर्पियो दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा चारजना घाइते भएका छन् । गौर-चन्द्रपुर सडक खण्डको सखुअवा र जयनगरको […]

हरिपूर्वामा रुखमा झुण्डिएर एक पुरुषको मृत्यु ।

कृष्ण सिंह, सर्लाही ।२०७८ पौष १३, मंगलवार सर्लाहीको हरिपूर्वा-५ स्थित जिंगडवा जाने बाटोको छेउमा मंगलबार बिहान रुखमा झुन्डिएको अवस्थामा एक पुरुषको शव बरामद भएको छ। हरिपूर्वा नपा वडा न- ५ स्थित जिगंडवा जाने बाटोमा राज खाजा घर नामक होटलका संचालन गरेका सोही ठाउँ बस्ने स्थानीय भरत रायको छोरा अन्दाजी ३४ वर्षको मनोज यादवको शव आफ्नै […]

निर्मला कुर्मी न्याय: पीडितले न्याय माग्दा उल्टो डर धम्की

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष ११, सोमवार बाँकेको नेपालगञ्जकी निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि माइतीघर मण्डलामा अधिकारकर्मी एवं स्थानीय सहित १६ जनाले विगत एक महिनादेखि धर्ना दिदै आएको छ् । न्याय नपाएसम्म घर नफर्किने अडानका साथ धर्ना जारी छ् । ३२ दिनदेखि काठमाडौंमा धर्नामा बसिरहँदा आरोपित भने नेपालगञ्जमा खुलेआम धम्की दिँदै हिँडिरहेका […]

राजपुत समाज नेपालको सम्मान एवं संवाद कार्यक्रम ।

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १०, शनिवार राजपुत समाज नेपालद्वारा आयोजित सम्मान एवं संवाद कार्यक्रममा समाजका अध्यक्ष बिजय कुमार सिंहले विशेष अतिथिद्वय “मधेशी आयोग”का सदस्य माननीय श्रीमति आभासेतु सिंह एवं “मधेश मानवअधिकार अमेरिका” का अध्यक्ष डा. चन्दन सिंहलाई सम्मान गरेको हो । काठमाडौंकाे हाेटेल शिव तिरुपतीमा हिजो सम्पन्न एक कार्यक्रममा सम्मानित हुनेमा समाजको उपाध्यक्षद्वय […]

महिला हिंसा विरुद्धको पहलमा मधुर

मुलुक डेस्क | २०७८ मंसिर २५, शनिबार महिला हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन मानव अधिकार दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम गरी मनाइयो । यसै क्रममा ‘जस्टिस फर अल’ को सहकार्य र मधेस ह्यूमन राईट्स यूएसएको आयोजनामा काठमाडौंमा ‘महिला हिंसा पितृसतात्मक सोचको भूमिका’ सम्बन्धी अन्तक्रिया सम्पन्न भयो । अमेरीका स्थित मधेस ह्यूमन राईट्स (मधुर) यूएसए द्वारा […]

धान्य पूर्णिमा र योमरी पूर्णिमा मनाइदै

मुलुक डेस्क, काठमाडौं । २०७८ पौष ०४, आइतवार मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा […]

ट्रकको ठक्करबाट सर्लाहीमा विद्यार्थीको मृत्यु ।

“सर्लाहीको पुर्व-पश्चिम राजमार्गमा ट्रकको ठक्करबाट ज्यान गुमाएका स्कुलले विद्यार्थीका आफन्त तथा स्थानीयद्वारा लालबन्दी नगरपालिका कार्यालय घेराउ ।” कृष्ण सिंह, सर्लाही । २०७८ पौष ०६, मंगलावार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका-९, बस्तीपुर स्थित हुलास गोल्छा कम्पनी अगाडी सोमबार बिहान ट्रकको ठक्करबाट एक जना विद्यार्थीको ज्यान गएको छ ।दुर्घटनामा ज्यान गुमाएका विद्यार्थीका आक्रोशित आफन्त तथा स्थानीयबासीहरु […]

विवाह पञ्चमी : राम र सीताको विवाहाेत्सव

बद्री नाथ झा, जनकपुरधाम । २०७८ मंषिर २२, बुधवार प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधनासहित प्रतीकात्मक रूपमा विवाह गरिदिएर देशभर मनाइँदैछ । त्रेतायुगमा आज अर्थात् मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर रामसीताको पूजाआराधना गरी यो पर्व मनाउन लागिएको हो […]

गोदावरी सडक कालोपत्रे हुँदै

मुलुक डेस्क, काठमाडौं । २०७८ मंषिर १८, शनिवार गोदावरी सडक कालोपत्र गर्न शुरु गरिएको छ । निर्माण शुरु भएको झण्डै पाँच वर्षपछि उक्त सडक निर्माण अन्तिम चरणमा पुगेको छ । सडकमा आवश्यक संरचना निर्माण सकिएकाले बिहीबारदेखि कालोपत्र गर्न शुरु गरिएको हो ।सडकमा दुई प्याकेजमध्ये एउटामा पहिले नै कालोपत्र सम्पन्न भइसकेको छ । बाँकी एउटामा बिहीबारदेखि […]

दलितको शैक्षिक सवाल र सरोकारवाला

कृष्ण सिंह, सर्लाह । २०७८ मंषिर ०३, शुक्रवार दलितको शैक्षिक सवालमा सरोकारवालाहरु सँग नीतिगत पैरवी र पहुँच सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सर्लाहीको मलंगवामा सम्पन्न भएको छ । कार्यक्रममा सेभ द चिल्ड्रेनको सहयोग तथा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको संयुक्त साझेदारीमा संचालित नेपाल छात्रवृत्ति कार्यक्रम अन्तर्गत दलित विद्यार्थीहरुलाई प्रदान गरिने छात्रवृत्ति ,बीचमै पढाइ छाड्ने प्रवृत्ति […]