मुलुक डेस्क, काठमाडौं । २०७८ पौष १०, शनिवार
राजपुत समाज नेपालद्वारा आयोजित सम्मान एवं संवाद कार्यक्रममा समाजका अध्यक्ष बिजय कुमार सिंहले विशेष अतिथिद्वय “मधेशी आयोग”का सदस्य माननीय श्रीमति आभासेतु सिंह एवं “मधेश मानवअधिकार अमेरिका” का अध्यक्ष डा. चन्दन सिंहलाई सम्मान गरेको हो । काठमाडौंकाे हाेटेल शिव तिरुपतीमा हिजो सम्पन्न एक कार्यक्रममा सम्मानित हुनेमा समाजको उपाध्यक्षद्वय रेणुका सिंह र उमेश कुमार सिंह, महासचिव संजीव सिंह, सचिब ध्रुव कुमार सिंह, कोषाध्यक्ष राकेश कुमार सिंह, केन्द्रीय सदस्य श्रीमती पुष्पा सिंह र अभिमन्यु कुमार सिंह रहेको थियो ।

समाजको बिस्तार एवं सुदृढीकरणको लागि सबै सदस्य सकृयताका साथ लाग्ने दृढ विस्वास व्यक्त गर्दै सद्स्यता वृद्धि, जिल्ला एवं प्रदेशमा कमिटी गठन गर्ने प्रतिबद्धता उपस्थित सबै सदस्यले जाहेर गरको जानकारी कोषाअध्यक्ष राकेश कुमार सिंहले बताए । यसका साथै आपसी सद्भाव र सहयोग कायम गर्ने हरेक वातावरणमा जोड दिने तथा भविष्यमा समाजको आफ्नै भवन “सिंह भवन” निर्माण गर्ने संकल्प सर्वसम्मतले निर्णय गरको थियो ।

वि.सं.२०६८ काे जनगणना अनुसार नेपालमा राजपुतको कुल जनसंख्या ४१,९७२ रहेको तथ्यांक छ् । क्षत्रिय अर्थात राजपुत नेपालको अल्पसंख्यक जातिमध्ये पर्दछ । बहादुरी, जमिनदारी एवं राजसता चलाउन माहिर यो जातले आफ्नो अस्तित्व र शाखलाई जोगाउन हरसम्भव सकारात्मक प्रयास गर्ने गरेको इतिहास छ् ।

राजपुत सरह नै पहाडका खसआर्य र ठकुरीको इतिहास एवं वर्तमान परिस्थितिमा धेरै हदसम्म समानता भएकोले संयुक्त खस क्षेत्री नेपालसंग राजपुत समाज नेपालको एक्यवद्धता रहने पनि कार्यक्रम मार्फत जानकारी गराइयो । राणा कालिन समयमा राजपुतलाई “बाबुसाहेब” को उपाधिले सम्मानित एवं सम्बोधन गर्ने परम्परा अहिले पनि कायमै छ् ।

समाजबाट सम्मानित हुनेमा सल्लाहकारहरु बिनोद कुमार सिंह, सुनिल कुमार सिंह, अभिमन्युलाल सिंह र अमरकिशोर सिंह साथै सदस्यहरु जयकुमार सिंह, बिजय कुमार सिंह, सुनिल सिंह, नरेन्द्र सिंह, रामनिवास सिंह, शंकर सिंह, हरिसुन्दर सिंह र पिन्टु सिंह रहेको थियोे ।
