धनुषामा नायाँ १११ संक्रमीत एवम् २ को मृत्यु

बद्री नाथ झा । धनुषा | जेष्ठ १७, २०७८ पछिल्लो २४ घण्टामा धनुषामा सोमवार १११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।जिल्ला प्रशासन कार्यालय धनुषाले उपलव्ध गराएको तथ्यांक अनुसार आइतवार सम्म धनुषामा कोराना संक्रमीतको संख्या १४११ रहेकोमा सोमवार १११ थप भएको छ भने हाल सम्म सक्रिय संक्रमीतको संख्या १५२० रहेको छ भने आज एक जना […]

लुम्बिनीमा कांग्रेसका पाण्डेय राष्ट्रिय सभा सदस्य निर्वाचित

जेष्ठ १७, २०७८ | मुलुक डेस्क लुम्बिनी प्रदेशमा आज भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन्। उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेयले  ४१४० मत ल्याए भने खड्काले  ३५९४ मत पाए।  कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम-उपेन्द्र पक्ष […]

धनुषा जिल्लामा ७ दिन थपियो निषेधाज्ञा

बद्री नाथ झा | जनकपुरधाम | जेष्ठ १७, २०७८ जिल्ला प्रशासन कार्यालय धनुषाले फेरी ७ दिन धनुषा जिल्लाभरिमा निषेधाज्ञा थप गरेको छ । आज राति १२ बजेवाट ७ दिनकोलागि निषेधाज्ञालाई निरन्तरता दिने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको हो । जिल्लाको कोभिड–१९ संक्रमण एवम् सुरक्षा व्यवस्थाको सम्वन्धमा समिक्षा गरि जिल्ला भित्र कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण […]

लुम्बिनीमा मतदान सुरु

जेष्ठ १७ २०७८ | मुलुक डेस्क लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि मतदान सुरु भएको छ। निर्धारित समय बिहान ९ बजेदेखि मतदान सुरु भएको हो। मुख्यमन्त्री शङ्कर पोखरेलले सबैभन्दा पहिला मतदान गरेका छन्। त्यसपछि सभामुख पूर्णबहादुर घर्तीलगायत उपसभामुख, अन्य मन्त्रीहरुले मतदान गरेका छन्।   अन्य प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख÷उपप्रमुखले मतदान गर्ने कार्य जारी छ। […]

कोरोना प्रभावितलाई सर्लाहीमा निशुल्क भोजन

कृष्ण सिंह | सर्लाही | जेठ १५, २०७८ सर्लाहीको एक सामाजिक संस्था सचिप्रेम फाउन्डेसन बलराले जिरो हङ्गर अभियान अन्तर्गत बिरगंज स्थित विभिन्न स्थानमा रहेका कोरोना भाइरसबाट प्रभावित बिरामी,तिनका अभिभावक,गरिब,असहाय तथा अशक्त हरुलाई नि: शुल्क रुपमा भोजन,शुद्ध पानी तथा स्वास्थ सामाग्रीहरुको वितरण सुरु गरेको छ। “मानवधर्मको लागि रगत,पसिना र आंशुमा हाम्रो साथ”भन्ने नाराका साथ कोरोना महामारीको […]

वैकल्पिक विधिबाट एसइई सञ्चालन गर्न सुझाव

जेष्ठ १६, २०७८| मुलुक डेस्क गत वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारको अनुमति मागेको छ। बोर्डले सोसम्बन्धी प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको छ।   यही जेठ १३ गतेदेखि एसइई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी तयारी गरेको […]

प्रदेश र पालिकामा कति बजेट पर्‍याे ? (सूचीसहित)

जेठ १६, २०७८ | मुलुक डेस्क सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश र पालिकाका लागि झन्डै चार खर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले सात प्रदेशमा एक खर्ब तीन अर्ब ७० करोड रुपैयाँ र सात सय ५३ पालिकाका लागि दुई खर्ब ८३ अर्ब एक करोड रुपैयाँ विनियोजन गरेको हो ।  आउँदो आर्थिक वर्षका […]

बजेट २०७८ : के घट्यो, के बढ्यो ?

जेष्ठ १६, २०७८ | मुलुक डेस्क कोरोना महामारीबाट अति प्रभावित होटल, ट्राभल, ट्रेकिङ, यातायात तथा हवाई सेवा, चलचित्र उद्योग र सञ्चार गृहले कारोबारयोग्य आयको १ प्रतिशत मात्र कर तिरे पुग्ने सरकारले लघु, घरेलु, साना तथा ठूला उद्योगी व्यवसायीलाई ९० प्रतिशतसम्म आयकर छुट दिने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष (आव) को बजेट प्रस्तुत […]

प्रादेशिक अस्पताल सुधारका लागि उच्च स्तरीय समिति गठन

बद्री नाथ झा | जनकपुरधाम | जेठ १५,२०७८ जनकपुरधाम, जेठ १५ । प्रादेशिक अस्पताल जनकपुरधामको समग्र सेवा सुविधा सम्बन्धि प्रतिवेदन तैयार गर्न प्रदेश सरकारले उच्च स्तरीय तीन सदस्यीय समिति गरेको छ । अस्पतालको सेवा सुविधामा समस्या रहेको जनगुनासो बढे पछि मुख्यमन्त्री लालबाबु राउतले अस्पतालको अवस्था बारे जानकारी लिन सरोकारवाला सहित अस्पतालका वरिष्ठ चिकित्सकहरुलाई बैठकमा बोलाउनु […]

सकारद्वारा ४० माइक्रोनको प्लाष्टिकमा रोक

बद्री नाथ झा | जनकपुर | जेष्ठ १५, २०७८ सरकारले ४० माइक्रोन सम्मका प्लाष्टिकमा रोक के भन्छन सर सफाइ अभियन्ता। सरकारले ४० माइक्रोसन सम्मका प्लाष्टिकको उत्पादन एबम बिक्री वितरणमा रोक लगाएको घोषणा ले नेपाल लाई सफा र सुंदर बनाउने अभियानमा लागेका अभियन्ता हरुले आ -आफ्नो समाजिक संजालको माध्यम ले खुशी व्यक्त गरेका छन। सरसफाई अभियन्ता […]