बद्री नाथ झा । धनुषा | जेष्ठ १७, २०७८

पछिल्लो २४ घण्टामा धनुषामा सोमवार १११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।जिल्ला प्रशासन कार्यालय धनुषाले उपलव्ध गराएको तथ्यांक अनुसार आइतवार सम्म धनुषामा कोराना संक्रमीतको संख्या १४११ रहेकोमा सोमवार १११ थप भएको छ भने हाल सम्म सक्रिय संक्रमीतको संख्या १५२० रहेको छ भने आज एक जना पनि निको भएर घर फर्केन । त्यसैगरि सोमवार मात्रै धनुषामा कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । सोमवार ४६३ जना ले पिसिआर परिक्षण गराएकोमा १११ जनाको रिर्पोट पोजेटिभ आएको छ ।

मृत्यु भएकामा मिथिला नगरपालिका वार्ड नं ६ वस्ने ३८ वर्षिय एक पुरुष र सबैला नगरपालिका ४ पर्टेवा वस्ने वर्ष ६८ को एक पुरुष रहेको छ । मृतक मध्ये एक जनाको प्रादेशिक अस्पताल जनकपुरधाम र एक जनाको रामजानकी अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय धनुषाको तथ्यांकमा उल्लेख रहेको छ ।

धनुषामा संक्रमीत मध्ये १३३३ जना होम आइसोलेसनमा उपचार गराईरहेको छ भने समान्य उपचारमा रहेका संख्या १४० रहेको छ ।त्यस्तै आइसीयुमा उपचाररत संक्रमीतको संख्या ४२ रहेको छ भने भेन्टिलेटरमा उपचारतको संख्या ५ रहेको छ । धनुषामा हालसम्म कोरोनाका कारण मृत्यु भएको संख्या ७९ रहेको छ ।

Leave a Reply

Your email address will not be published.