बद्री नाथ झा | जनकपुरधाम | जेष्ठ १७, २०७८

EHRP Nepal: Dhanusa Map

जिल्ला प्रशासन कार्यालय धनुषाले फेरी ७ दिन धनुषा जिल्लाभरिमा निषेधाज्ञा थप गरेको छ । आज राति १२ बजेवाट ७ दिनकोलागि निषेधाज्ञालाई निरन्तरता दिने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको हो ।

जिल्लाको कोभिड–१९ संक्रमण एवम् सुरक्षा व्यवस्थाको सम्वन्धमा समिक्षा गरि जिल्ला भित्र कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण दरमा क्रमशः सामान्य सुधार देखिएता पनि संक्रमणको चुनौती अझै कायम रहेको भन्दै ७ दिनकोलागि निषेधाज्ञा जारी गरेको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आज एक विज्ञप्ति जारी गरि मुलुकका विभिन्न कोभिड अस्पतालहरुमा स्थास्थ्यकर्मी माथि हातपात तथा अस्पतालमा हुलहुज्जत, तोडफोड जन्य गतिविधि समेत भएका समाचार आई रहेको सन्दर्भमा महामारीको जटिल अवस्थामा आफ्नो जीवन नै जोखिममा राखेर संक्रमितको उपचारमा क्रियाशिल स्वास्थ्यकर्मी र अस्पतालहरुको सुरक्षालाई उच्च प्राथमिकताका साथ थप प्रभावकारी बनाउन जिल्ला सुरक्षा समितिलाई अनुरुध गरेका छन ।

जिल्ला भित्र एन्टिजेन टेष्ट किट पर्याप्त संख्यामा आएको जानकारी प्राप्त भएकोले सवै स्थानीय तहहरुले संकास्पद लक्षण भएका व्यक्तिहरुले अन्टिजेन र पीसिआर दुवै टेष्ट लाई बढाई परीक्षणको लागि दायरा विस्तार गर्न प्रादेशिक लैव र जिल्ला स्वास्थ्य कार्यालयलाई टोली बनाई स्थानीय तहहरु संग समन्वय गरी परीक्षणलाई थप प्रभावकारी बनाउने जिप्रका धनुषाले निर्णय गरिएको छ ।

त्यस्तै जिल्ला भित्र कोभिड संक्रमितको नेपाली सेना मार्फत शव व्यवस्थापन गर्दा लाग्ने शव बाहन शुल्क र दाह संस्कार गर्दा (जलाउने र गाडने दुवै) लाग्ने खर्च नेपाल सरकार गृह मन्त्रालयको निर्देशन समेतको आधारमा जिल्ला विपद् व्यवस्थापन कोषवाट वेहोर्ने निर्णय गरेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *