करौडोमा किनबेच
बद्री नाथ झा | जेष्ठ १३, २०७८ जनता समाजवादी पार्टीमा आधिकारिकताको विवाद बढ्दै गएको बेला पार्टीको शाक्तिशाली निकाय मानिएको कार्यकारिणी समितिका सदस्यहरुको खरिद बिक्री शुरु भएको छ । कार्यकारिणी समितिको झण्डै दुई तिहाई भन्दा बढी सदस्यहरुको बैठकले पार्टी निर्णय विपरित प्रतिगमनकारी देउवा नेतृत्वको सरकार बनाउन सर्वच्चमा स्ताक्षर गरेर सघाएको भन्दै कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवलाई कारबाही […]
निषेधाज्ञा उल्लंघन गर्नेलाई १ वर्ष कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना

बद्री नाथ झा | जेष्ठ १३, २०७८ जनकपुरधाम : संक्रमितको संख्या दिनहुँ थपिँदै गएपछि कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश कार्यान्वयनमा ल्याइएको छ । अध्यादेश विपरित कार्य गरेमा वा कार्यान्वयनमा बाधा पुर्याउनेलाई कानुन बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाण्डेले बताएका छन् । उनले भने,’अहिलेसम्म पिडामार्का बुझेर व्यवहारिक रुपमा कारबाहीमा कडाई गरिएको […]
सशस्त्र प्रहरीद्वारा लागुऔषधसहित एक जना पक्राउ
कृष्ण सिंह | जेठ १२, २०७८ सर्लाही ,सशस्त्र प्रहरी बल सर्लाहीले ब्रह्मपुरी गाउँपालिका वडा न-४ बाट लागुऔषधसहित एकजना युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बरहथवा नगरपालिका वडा न-५ बस्ने २१ वर्षीय प्रमोद कुमार महतो रहेकोे छ । मंगलबार बिहान करिब पौने ९ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको पैदल गस्ती […]
गरुडा प्रहरीद्धारा ठुलो परिमाणमा अबैध घरेलु मदिरा नष्ट
कृष्ण सिंह | जेठ ११, २०७८ रौतहट प्रहरीले आज ठुलो परिमाणमा अबैध घरेलु मदिरा नष्ट गरेको छ । रौतहटको इलाका प्रहरी कार्यालय गरुडाले विभिन्न मिति र समयमा बरामद गरेको २ सय ४० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ । गौर चन्द्रनिगाहपुर सडक खण्डमा चल्ने सवारी साधन चेकजाँचको क्रममा बरामद गरिएको उक्त अवैध घरेलु तयारी […]
सर्लाहीमा पछिल्लो २४ घण्टामा थप तिनजना कोरोना संक्रमितकाे मृत्यु
कृष्ण सिंह | जेठ ११, २०७८ मलंगवा – काेराेना भाईरसकाे दाेस्राे चरण अन्तर्गत सर्लाहीमा पछिल्लो २४ घण्टामा थप तिनजना कोरोना संक्रमितकाे मृत्यु भएको छ । ईश्वरपुर नगरपालिका-३ का ६२ वर्षीय पुक्सरुष र बागमती नगरपालिका-८ का ५० वर्षीय पुरुषकाे उपचारका क्रममा नारायणी अस्पताल वीरगंजमा मृत्यु भएकाे हाे । त्यस्तै ब्रम्हपुरी-७ का ३२ वर्षीय पुरुषकाे उपचारका क्रममा […]
उपत्यकामा कडाईका साथ थप एक साता निषेधाज्ञा
११ जेष्ठ २०७८ | मुलुक डेस्क कोभिड नेपालः काठमाण्डू उपत्यकामा निषेधाज्ञा फेरि थपियो, साताभर खाद्यान्न र किराना पसल पनि बन्द ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्लाअधिकारीहरूको केहीबेरअघि सम्पन्न बैठकले जेठ २० गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाण्डूका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकाका तीनवटै जिल्लामा जेठ १४ गतेबाट थपिने […]
एमाले बैठक : खनाल नेपाललाई पार्टी सदस्यबाटै निष्काशन, थप १२ जना नेतालाई स्पष्टीकरण
१० जेष्ठ २०७८ | मुलुक डेस्क नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ । सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले खनाल नेपाल सहितका स्पष्टीकरण सोधिएका ११ नेतालाई पार्टीबाट निष्काशन गरेको हो ।स्रोतका अनुसार उनीहरुलाई काँग्रेस नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र संसद पुनर्स्थापना […]
सर्लाहीमा हुलाकी राजमार्गको निर्माण कार्य तीब्र
कृष्ण सिंह | जेष्ठ ९ २०७८ लाइफलाइनको रुपमा रहेको बहुचर्चित हुलाकी राजमार्ग अन्तर्गत सर्लाहीको मलंगवा-संग्रामपुर सितलपुर सडक खण्डमा निर्माण कार्य सुरु भएको छ । तराई मधेसको विकासको मेरुदण्ड मानिने उक्त हुलाकी सडकमा अहिले ग्रेभलिंङ्ग गरी धमाधम सम्याउने काम भइरहेको छ। करिब २३ करोड १८ लाख रुपैयाँको लागतमा निर्माण सुरु भएको महोत्तरी जिल्लाको सिमाना सितलपुरदेखि सर्लाहीको […]
जनतान्त्रिक तराई मुक्ति मार्चाको अपिल
मुलुक डेस्क | ९ जेष्ठ, २०७८ लामो समयदेखि राज संस्था र हिन्दु अधिराज्य पुनःस्थापना लगायत विभिन्न माँग राखी चरणबद्ध आन्दोलनरत रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले ओली सरकारले प्रतिनिधिसभा विघटन गरे लगत्तै एवं देशमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमलाई केन्द्रमा राखी निर्णायक आन्दोलनका लागि सबैलाई तैयार रहन अपील गरेको छ । वहाको अपील र नेपालको पछिल्लो राजनीतिक […]
स्वीजरल्याण्डको सहयोगका ९४ करोडको स्वास्थ्य सामाग्री ल्याइयो
जेष्ठ ८, २०७८ | मुलुक डेस्क स्वीजरल्याण्ड सरकारबाट सहायता स्वरूप ९४ करोड बराबरको स्वास्थ्य सामाग्री शनिबार नेपाल ल्याइएको छ । शनिबार नेपाल आइपुगेको स्वास्थ्य सामग्री स्वीस राजदूत महामहिम एलिजावेथ भोन क्यापीलरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन् । केही दिन अघि स्वीस राजदूतसँग उपप्रधानमन्त्री ईश्वर पोखरेल स्वास्थ्य सामग्री आयातको लागि पहल गरेका […]