मुलुक डेस्क | ९ जेष्ठ, २०७८

This image has an empty alt attribute; its file name is 138272740_3245543665551753_150692559247321619_n.jpg

लामो समयदेखि राज संस्था र हिन्दु अधिराज्य पुनःस्थापना लगायत विभिन्न माँग राखी चरणबद्ध आन्दोलनरत रहेको जनतान्त्रिक तराई मुक्ति मोर्चाले ओली सरकारले प्रतिनिधिसभा विघटन गरे लगत्तै एवं देशमा देखिएको पछिल्लो राजनीतिक घटनाक्रमलाई केन्द्रमा राखी निर्णायक आन्दोलनका लागि सबैलाई तैयार रहन अपील गरेको छ ।

वहाको अपील र नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई सुक्ष्म रुपले अध्यन गर्ने हो भने नेपाल आउँदो दिनमा ठुलै द्वन्द र आन्दोलनमा जाने खतरा प्राय निश्चित देखिदैछ र नेपालमा ठुलै राजनीतिक एवं संवैधानिक उथलपुथल हुने अडकल लगाउन सकिन्छ ।

जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष एवं राष्ट्रिय नागरिक आन्दोलन तथा राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले अपील गर्नुभएको छ । वहाले आफ्नो सामाजिक संजालमा गरेको अपील यस्तो रहेको छ ।

अपील !

जनतान्त्रिक तराई मुक्ति मोर्चा, राष्ट्रिय नागरिक आन्दोलन र राष्ट्र बचाउ अभियान का सम्पूर्ण नेतृत्व एवं कार्यकर्ता पंक्तिलाई एवं सम्पूर्ण देशभक्त आम राष्ट्रवादी जनतन्त्र-प्रेमी नेपाली नागरिकहरुलाई मातृभूमि र आफ्नो पहिचान, धर्म, संस्कृति, परम्परा, इतिहास, मौलिकता र राष्ट्रिय स्वाधीनता एवं नागरिक सर्वोच्चताको रक्षाका निमित्त “बलिदानीपूर्ण निर्णायक संघर्ष” का लागि तैयार रहन र तैयारी थाल्न अपील गर्दछौं ।

This image has an empty alt attribute; its file name is 162468740_158513852810443_9154846064463338072_n.jpg

साथै उनले भनेका छन् , “अति भो” अब “अराजकता र कु-शासनको विरुद्ध अब अन्तिम प्रहार हुन्छ”, “अति भो” अब “बलिदानीपूर्ण संघर्ष र सहादतका लागि सबै तैयार होऔं”, “अति भो” अब “संविधान र ब्यवस्थालाई पशुपति आर्यघाटमा विसर्जन गरौं !”

साथसाथै “नागरिकता अध्यादेश” को सम्बन्धमा टिप्पणी गर्दै, नौटंकिपूर्ण गतिविधि तर स्वागतयोग्य कदम ! “नागरिकता” र “नश्लीय चिन्तन” ! जन्म र बंशजको आधारमा बिदेशी नागरिक भएपनि प्रधानमन्त्री लगायत उच्च पद-ओहदा-जिम्मेवारी मा आसिन भएको देश नेपाल होईन र ? चुच्चे टोपी धारण गर्दैमा र नेपाली/ बराणसी भाषा बोल्दैमा कोहि पनि नेपाली हुनसक्ने चिन्तन र मानसिकता बाट आफुलाई मुक्त गरौं !

Leave a Reply

Your email address will not be published.