कृष्ण सिंह | जेठ १२, २०७८

No description available.

सर्लाही ,सशस्त्र प्रहरी बल सर्लाहीले ब्रह्मपुरी गाउँपालिका वडा न-४ बाट लागुऔषधसहित एकजना युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बरहथवा नगरपालिका वडा न-५ बस्ने २१ वर्षीय प्रमोद कुमार महतो रहेकोे छ ।

मंगलबार बिहान करिब पौने ९ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट खटिएको पैदल गस्ती टोलीले गस्तीको क्रममा निज युवकलाई भारतबाट नेपालतर्फ टाउकोमा कार्टुन बोकेर ल्याउँदै गरेको देखेपछि घेरा हालेर चेकजाँच गर्दा उनको साथबाट अनरेक्स १०० एम.एल -१२० पिस लागुऔषध बरामद गरेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ ।

बरामद गरेको उक्त परिमाणको लागुऔषधसहित महतोलाई आजै(मंगलबार ) आवश्यक कार्यवाहीको लागि जिल्ला प्रहरी कार्यालय मलंगवाको जिम्मा लगाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *