बद्री नाथ झा | जेष्ठ १३, २०७८

No description available.

जनता समाजवादी पार्टीमा आधिकारिकताको विवाद बढ्दै गएको बेला पार्टीको शाक्तिशाली निकाय मानिएको कार्यकारिणी समितिका सदस्यहरुको खरिद बिक्री शुरु भएको छ । कार्यकारिणी समितिको झण्डै दुई तिहाई भन्दा बढी सदस्यहरुको बैठकले पार्टी निर्णय विपरित प्रतिगमनकारी देउवा नेतृत्वको सरकार बनाउन सर्वच्चमा स्ताक्षर गरेर सघाएको भन्दै कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गर्ने निर्णय गरेपछि यादव समूहले कार्यकारिणी सदस्य खरिद गर्न शुरु गरेको छ ।

उक्त समूहले प्रचण्डका केही नेता र जसपाकै दोस्रो तहका केही नेतालाई कार्यकारिणी सदस्य खरिद गर्ने जिम्मेवारी दिँदै प्रति सदस्य एक करोड मुल्य निर्धारण गरेको यादव निकट एक नेताले बताए । नाम नखुलाउने सर्तमा उनले भने, ‘पार्टीको विधान अनुरुप कार्यकारिणी समिति नै सबै भन्दा शक्तिशाली रहेकोले त्यसमा बहुमत पुर्याउन हामी कुनै कसर बाँकी राख्ने छैनौ ।’ एक नेताले अगाडि थपे, ‘उपेन्द्र यादव कार्यकारिणीमा बहुमत जुटाएर ठाकुर पक्ष लाई कारबाही गर्ने तयारी गरेका छन् ।

मधेशको मुद्दा पुरा नहोस र ओलीले सम्बोधन गर्दै आएको मधेशका मुद्दा कुनै पनि हालतमा सम्बोधन नहोस भन्दै जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई ओली र ठाकुरको साथ जसरि पनि तोड्न जे गर्न पनि तयार रहेको बताए ।’ यादव संग केही कार्यकारिणी सदस्य सम्पर्कमा रहेको र ति सदस्यहरु लाई , ‘अहिले एक करोड दिने भनेका छन्, नभए जति मागे पनि दिन तयार रहेको स्रोतले बताएका छन् ।’

संसदीय समितिमा अल्पमत संख्यामा रहेको यादव समूहले पछिल्लो समयमा देउवा नेतुत्वको सरकार बने पछी मन्त्री बनाइदिने प्रलोभन समेत दिएका थिए l तर ठाकुर पक्षमा लागेका संसदहरु आफु ठाकुरको साथ नछोडने बताए पछी यादव समुहले त्यस समयमा पनि आफ्नो बहुमत पुगाउन चिनले सहयोग गरेको ९० करोड बाट एक संसद बराबर एक करोड दिन लागेका थिए । सोहीअनुसार राजपा पक्षबाट तत्कालीन अध्यक्ष रहेको महेन्द्र यादव, राजपा बताई राष्ट्रियसभा सदस्य बनेका रमेश यादव र उपाध्यक्ष गजाधर यादव लाई समेत खरिद गरि यादवले आफ्नो पक्षमा तान्न सफल भएका छन् l

Leave a Reply

Your email address will not be published. Required fields are marked *