पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

२८ जेष्ठ २०७८ | मुलुक डेस्क पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ । दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा  नुहाउन गएका बालिकाहरुको पानीमा डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया […]

मन्त्रिपरिषद्ले पायो पूर्णता : सात मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

२७ जेष्ठ २०७८ | मुलुक डेस्क केपी ओली नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ। बिहीबार नियुक्त सात मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएसँगै ओली सरकारले पूर्णता पाएको हो।  राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी सात मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्। बिहीबार नै प्रधानमन्त्री ओलीले एक राज्यमन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएसँगै […]

प्रधानमन्त्री ओलीद्वारा मन्त्री परिषद विस्तार हुदैं

२७ जेष्ठ २०७८ | मुलुक डेस्क जसपालाई थप एक मन्त्रालय, यादव सरकारमा जाँदै, गृहमा अधिकारी, थापा पत्नीलाई सुचना सञ्चार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गर्न लागेका छन् । ओलीले आफ्नो नेतृत्वको टिममा खगराज अधिकारी, नारदमुनी राना, गणेशबहादुर पहाडी लगायतकालाई मन्त्रालयको जिम्मेवारी दिएका छन् । अधिकारीलाई गृह, रानालाई वन तथा पहाडीलाई सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी […]

मिथिलामा मिथिलानीहरु आज बर्साइत पर्व मनाउदै

२७ जेष्ठ, २०७८ | बद्री नाथ झा | जनकपुर सत्ययुगमा सती सावित्रीले आफ्नो तपस्या र साधनाले आजकै दिन अटल सौभाग्यको वरदान पाएको विश्वासका आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ ।आज विवाहित हिन्दू मैथिल नारी बर्साइत (वटसावित्री) पर्व मनाइरहेका छन् ।खास गरि जनकपुरधाम मा निक्कै भिड हुने स्थानहरुमा कोरोना महामारीको कारण एस बर्ष भिड कमि […]

ज.स.पा उपेन्द्र गुटको सहयोग मा काँग्रेस पनि प्रदेश २ सरकारमा

जेष्ठ २६ ,२०७८ | बद्री नाथ झा | जनकपुर प्रदेश २ सरकारमा तिन मन्त्रालय सहित कांग्रेस समावेश भएका छन् । संसदिय दलका नेता रामसरोज यादवको नेतृत्वमा तिन मन्त्रालय सहित कांग्रेस सरकारमा सामेल हुन सहमति भएको छ। रामसरोज यादव प्रदेश नम्बर २ को भौतीक पुर्वाधार तथा यातायात मन्त्रालय रोजेको बुझिएको छ । त्यस बाहेक कांग्रेसले थप […]

मलंगवा स्थित शवदाह गृहको निर्माणकार्यमा फर्जी उपभोक्ता

जेठ २६ २०७८ | कृष्ण सिंह | सर्लाही मानव संस्कार सेवा समिति सर्लाही,मलंगवाले हुलाकी राजमार्ग अन्तर्गत पर्ने सर्लाहीको सदरमुकाम मलंगवा र ब्रह्मपुरी गाउँपालिका भेल्ही गाउँको बिचमा रहेको झिम नदीको किनारमा बन्दै गरेको मन्दिरसहितको शवदाह गृह (स्वर्गद्वार) को निर्माणकार्यमा स्थानीय केही ब्यक्तिहरुले हस्तक्षेप गरि फर्जी उपभोक्ता समिति गठन गरि आर्थित अनियमितता गरेको भन्दै आपत्ती जनाएका छन् […]

सर्लाहीमा अघाेषित लोडसेडिङ

२५ जेष्ठ, २०७८ | कृष्ण सिंह नेपाल विद्युत प्राधिकारणले दैनिक दर्जनौं पटक लाइन काट्ने गरेका कारण स्थानीय जनताहरु मारमा अघोषित लोडसेडिङले गर्दा सर्लाही विद्युत प्राधिकरणले पटक पटक लाइन काट्ने गरेपछि विधुत प्राधिकरणको गैरजिम्मेवारीपुर्ण रवैया प्रति आक्रोशित बन्दै गएका सदरमुकाम मलंगवाका सर्वसाधारण जनताहरु आज बिहान वितरण केन्द्र मलंगवामा गएर प्रदर्शन गरेका छन् । प्रदर्शनको क्रममा उनीहरूले […]

प्रसुति महिलालाई नगद रकम प्रदान

२५ जेष्ठ, २०७८ | मुलुक डेस्क तिलाठी कोइलाडी गाउँपालिकाद्वारा वडा नं. २ लौनियाँ स्वास्थ्य चौकीमा सञ्चालित वर्थिङ्ग सेन्टरमा मंगलबार बिहान जन्मिएका बच्चाको लागि गाउँपालिकाले नगद सहित विभिन्न सामग्रीहरु प्रदान गरेको छ । लौनियाँकी शनिचरी देवी खंगले उक्त वर्थिङ्ग सेन्टरमा बच्चालाई सुरक्षित जन्म दिएकी स्वास्थ्य चौकीकी अनमी मीना कुमारी मण्डलले बताउनु भयो । प्रसुति खंगलाई मंगलबार […]

वीपी प्रतिष्ठानको चिकित्सक शिक्षक कल्याण समाजमा डा. सिंह निर्विरोध निर्वाचित

२५ जेष्ठ, २०७८ | बद्री नाथ झा वीपी प्रतिष्ठानको चिकित्सक शिक्षक कल्याण समाजमा डा. सिंह निर्विरोध वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजको अध्यक्षमा डा. अरुण कुमार सिंह सहित ४ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । प्रतिष्ठान अन्तरगत रहेको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजको निर्वाचनबाट अध्यक्ष सहित […]

नेपाल विद्युत प्राधिकरण जनकपुर कार्यालय अगाडी यूवाहरुले अघोषित लोडसेडिङविरुद्ध प्रदर्शन

२५ जेष्ठ २०७८ | बद्री नाथ झा | जनकपुरधाम नेपाल विद्युत प्राधिकरण जनकपुर कार्यालय अगाडी यूवाहरुले अघोषित लोडसेडिङविरुद्ध प्रदर्शन गरेका छन् ।करिब दुई दर्जन युवाहरूको उपस्थित मा प्रदर्शन गरिएको छ। मास का सन्योजक सरोज मिश्र,नेकपा एमाले ओलि समर्थक युवाहरुले अघोषित लोडसेडिङले जनकपुरबासी समस्यामा पर्ने गरेको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले विद्युत माफिया मुर्दावाद, अघोषित […]