
२५ जेष्ठ २०७८ | बद्री नाथ झा | जनकपुरधाम
नेपाल विद्युत प्राधिकरण जनकपुर कार्यालय अगाडी यूवाहरुले अघोषित लोडसेडिङविरुद्ध प्रदर्शन गरेका छन् ।करिब दुई दर्जन युवाहरूको उपस्थित मा प्रदर्शन गरिएको छ।
मास का सन्योजक सरोज मिश्र,नेकपा एमाले ओलि समर्थक युवाहरुले अघोषित लोडसेडिङले जनकपुरबासी समस्यामा पर्ने गरेको भन्दै प्रदर्शन गरेका हुन् । उनीहरुले विद्युत माफिया मुर्दावाद, अघोषित लोडसेडिङ बन्द गर, विद्युत प्राधिकरण मुर्दावाद जस्ता नारा लगाएका छन् । अघोषित लोडसेडिङ बन्द नगरे कडा संघर्ष गर्ने यूवा नेता मुन्जय राउतले जानकारी दिए ।
विद्युत प्राधिकरण जनकपुरका प्रमुख प्रमोद साहविरुद्ध केहि युवाहरुले सामाजिक सञ्जालमार्फत अघोषित लोडसेडिङ नगर्न चेतावनी दिएका थिए । त्यसपछि प्राधिकरणले विज्ञप्ती जारी गरेको फेसबुकमा जथाभावी अपवाह नफैलाउन अनुरोध गरेको थियो ।युवाहरू को उपस्थिति मा केही बेर पुर्व छलफल पश्चात् जनकपुर बिधुत बितरण केन्द्र बिच सहमति भएको छ।