२५ जेष्ठ, २०७८ | बद्री नाथ झा

वीपी प्रतिष्ठानको चिकित्सक शिक्षक कल्याण समाजमा डा. सिंह निर्विरोध

वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजको अध्यक्षमा डा. अरुण कुमार सिंह सहित ४ जना पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिष्ठान अन्तरगत रहेको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजको निर्वाचनबाट अध्यक्ष सहित ४ सदस्य निर्विरोध निर्वाचित भएका छन् भने, अन्य दुई सदस्यको लागि निर्वाचन हुन बाँकी छ । रिक्त रहेका पदहरूकाे निर्वाचन आउँदो असार १३ गते हुने छ । कार्य समितिकाे कार्यकाल दुइ वर्षकाे हुनेछ ।

समाजका सबै कार्यसमितिहरु निर्वाचित हुने भएपनि अध्यक्ष, उपाध्यक्ष, सचिव र एक जना सदस्यको विपक्षमा कसैले नाम दर्ता नगराए पछि उनिहरु निर्बिरोध भएको निर्वाचन समिति संयोजक प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठले बताए ।

निर्विरोध चयन भएकाहरुमा अध्यक्षमा बाल रोग विभागका एसिस्टेन्ट प्रोफेसर डा. अरुणकुमार सिंह, उपाध्यक्षमा डा.लोकेस शेखर जैसवाल, सहसचिवमा डा. बिजय कुमार श्रीवास्तव र सदस्यमा डा.कुनाल विक्रम देव रहेका छन् । नव निर्वाचित अध्यक्ष डा. सिंहले आफुले कार्यभार सम्हाले सँगै प्रतिष्ठानका चिकित्सक तथा शिक्षकहरुको हकहितमा सदैब लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published.