२५ जेष्ठ, २०७८ | मुलुक डेस्क
तिलाठी कोइलाडी गाउँपालिकाद्वारा वडा नं. २ लौनियाँ स्वास्थ्य चौकीमा सञ्चालित वर्थिङ्ग सेन्टरमा मंगलबार बिहान जन्मिएका बच्चाको लागि गाउँपालिकाले नगद सहित विभिन्न सामग्रीहरु प्रदान गरेको छ ।
लौनियाँकी शनिचरी देवी खंगले उक्त वर्थिङ्ग सेन्टरमा बच्चालाई सुरक्षित जन्म दिएकी स्वास्थ्य चौकीकी अनमी मीना कुमारी मण्डलले बताउनु भयो ।
प्रसुति खंगलाई मंगलबार गाउँपालिका अध्यक्ष सतिश कुमार सिंहले ब्यक्तिगत रुपमा ११ सय रुपैयाँ दिनु भएको छ । वर्थिङ्ग सेन्टरमा पहिलो बच्चालाई जन्म दिएकी खंगलाई गाउँपालिका अध्यक्ष सिंहले पोषण आहार खानका लागि ब्यक्तिगत रुपमा रकम दिएको बताउनुभयो ।
यसैगरी नेपाल सरकारले तोकेको यातायात वापतको पाँच सय रुपैयाँ वडा अध्यक्ष खगेन्द्र मण्डलले दिनुभयो । यसैगरी प्रसुति महिलालाई बच्चाको लागि नेपाल सरकारबाट प्राप्त एक थान न्यानो झोला समेत प्रदान गरिएको छ ।
गत बैशाख १० गते उद्घाटन गरिएको उक्त वर्थिङ्ग सेन्टरमा पहिलो बच्चाको जन्म भएको हो । राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंहले उक्त वर्थिङ्ग सेन्टरको उद्घाटन गर्नु भएको थियो ।