“अभद्र – अमर्यादित – कुसंस्कारले ग्रसित नेपाली राजनीति ?”

डा. मनोज मुक्ति “विवेक”, काठमाडौं । २०७८ भाद्र ०५, शनिवार राजनीति राज्य संचालनका लागि अपनाईने नीति हो । समाजलाई अग्रगमन, सुशासन, सभ्य, समृद्ध बनाउने नीति हो । राजनीतिले देश, समाज, ब्यक्ति र राज्यलाई प्रत्यक्ष प्रभावित गर्दछ, त्यसकारण राजनीतिक ब्यक्तिको ब्याक्तित्व र उसको आचार, बिचार, संस्कार, प्रवृत्ति, भाषाले देश, समाज, राज्य र जनताकोभुत,वर्तमान र भविष्यलाई गम्भीर […]

देशकै पहिलो महिला मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य । मुख्यमन्त्रीको प्राथमिकता र राजनीतिक पृष्ठभूमि !

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०३, बिहिवार बागमती : बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य (बोहरा) देशकै पहिलो महिला तथा प्रदेशको दोस्रो मुख्यमन्त्री बन्न सफल भएकी छन्। उनलाई नेकपा (एमाले) संसदीय दलको नेता बनाएपछि निवर्तमान मुख्यमन्त्री डोरमणी पौडेलले पदबाट राजीनामा दिएसँगै दलका तर्फबाट एकल बहुमतको सरकार गठनको दाबीअनुसार उनी मुख्यमन्त्री बन्न सफल भएकी हुन् […]

ठाकुरको नयाँ पार्टी जसपा लोकतान्त्रीक र चुनाव चिन्ह साइकल ।

बद्री नाथ झा, जनकपुर । २०७८ भाद्र ०२, बुधवार काठमाडौं । महन्थ ठाकुर, राजेन्द्र महतो समुहले अध्यादेश जारी भए लगत्तै पार्टी दर्ता गरेका छन् । ठाकुर निकट श्रोतका अनुसार, यस अघिनै अध्यादेश ल्याउने सरकारको निर्णयलाई स्वागत गरेको हुनाले राष्ट्रिपतिबाट जारी भएलगत्तै निर्वाचन आयोगमा पार्टी दर्ता भएको छ । ठाकुर महतो समुहले दर्ता गराउन लागिएको नयाँ […]

पार्टी विभाजन सम्बन्धि अध्यादेश राष्ट्रपतिद्वारा जारी। जारी लगत्तै माधव नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ता गरे ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०२, बुधवार पार्टी विभाजनलाई सहज बनाउन सरकारले सिफारिस गरेको अध्यादेशलाई आज राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेकी छन् । मंगलबार बिहान बसेको मन्‍त्रिपरिषद्‌को बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष पठाएको हो। राष्ट्रपति भण्डारीले बुधबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ। […]

महन्थ ठाकुरको जसपा (लोकतान्त्रिक) नयाँ दल दर्ता ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०२, बुधवार आन्तरिक किचलोका कारण अनतत: जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । महन्थ ठाकुरको अध्यक्षतामा जसपा नेपाल (लोकतान्त्रिक) विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ । महन्थ ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा जसपा (लोकतान्त्रिक) दल दर्ता गराएका हुन् । जसको वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् । […]

माधव नेपालद्वारा नेकपा एमाले समाजवादी नयाँ पार्टी दर्ता ।

मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०२, बुधवार माधव नेपाल समूहले ९८ केन्द्रीय सदस्य सहितको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता गरेको छ । नेकपा एमाले समाजवादी नामको नयाँ पार्टीको चुनाव चिन्ह खुला किताब रहेको बताइएको छ । नयाँ पार्टीमा माधव नेपाल अध्यक्ष छन् भने झलनाथ खनाल वरिष्ठ नेताको रुपमा रहनेछन् । साथै संघीय संसदका ३१ […]

वैकल्पिक राजनीतिको पहिचान र आवस्यकता

२०७७ चैत्र उज्जवल थापाको विवकेशील पथलाई पछयाँउदैं छुट्टै धारको विवेकशील पार्टीको संयोजक बन्न सफल नेतृ हुन् – कर्मा लामा तामाङ। छोटो समयमा नै विवेकशीलको प्रभाव शहरिया युवामा देखा नपरेको होइन। यद्यपी विवकेशीलको ख्याती एक हदसम्म राष्ट्रीय राजनीतिमा सशक्त रुपमा परेको देखिन्छ। फलस्वरुप विवेकशील र साझा एकजुट भई अगाडी बढेको सर्वविदितै छ। तथापि दुई वर्ष भित्रै […]

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २४, आइतवार सरकारले मुलुकको आर्थिक समृद्धिका लागि जलविद्युत् तथा ऊर्जा क्षेत्रलाई विशेष प्राथमितामा राखी आफ्ना नीति तथा कार्यक्रम सञ्चालन गर्ने भएको छ । त्यसका लागि स्वदेशी तथा विदेशी लगानीलाई थप प्रोत्साहित तथा विविधकरण गरिनेछ । सरकारमा सहभागी गठबन्धनका तर्फबाट सार्वजनिक गरिएको संयुक्र सरकारको नीति तथा कार्यक्रममा जल तथा प्राकृतिक […]

महन्थ र महतो मधेस दौडाहामा

कृष्ण सिंह, सर्लाही । २०७८साउन २४, आइतवार “आफूहरू माथि लागेको मधेस विरोधीलगायत आरोप चिर्न जसपा महन्थ ठाकुर पक्षका नेताहरू मधेस दौडाहाको क्रममा आज सर्लाहीमा कार्यकर्ता भेला सम्पन्न गरे।” जसपा का सर्लाही जिल्ला अध्यक्ष राम प्रसाद राय यादवको अध्यक्षतामा आयोजना भएको भेलालाई सम्बोधन गर्दै पार्टीका बरिस्ठ नेता एवं पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले “मधेसी एकता जिन्दावाद”को नारा […]

महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा ।

मुलुक डेस्क, महोत्तरी । २०७८ साउन २३, शनिवार जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष जिल्ला दौडाहामा लागेका छन् । जिल्ला-जिल्ला पुगेर जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवको‘भण्डाफोर गर्ने कार्यक्रम’ ठाकुर-महतो पक्षको छ । सो पक्षले शुक्रबार एकै दिन मधेसका चार जिल्लामा विस्तारित बैठकसमेत गर्‍यो । जहाँ ठाकुर–महतो पक्षका […]