मुलुक डेस्क, काठमाडौं । २०७८ भाद्र ०२, बुधवार

आन्तरिक किचलोका कारण अनतत: जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । महन्थ ठाकुरको अध्यक्षतामा जसपा नेपाल (लोकतान्त्रिक) विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता भएको छ ।

महन्थ ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा जसपा (लोकतान्त्रिक) दल दर्ता गराएका हुन् । जसको वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् ।

जसपा (लोकतान्त्रिक)को केन्द्रीय कार्यकारिणी समिति २४ सदस्यीय रहेको छ । यसको चुनावचिन्ह साइकल रहेको छ ।

देउवा सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याउने बित्तिकै महन्थ पक्षले नयाँ दल दर्ता गराएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *