२०७७ चैत्र

उज्जवल थापाको विवकेशील पथलाई पछयाँउदैं छुट्टै धारको विवेकशील पार्टीको संयोजक बन्न सफल नेतृ हुन् – कर्मा लामा तामाङ। छोटो समयमा नै विवेकशीलको प्रभाव शहरिया युवामा देखा नपरेको होइन। यद्यपी विवकेशीलको ख्याती एक हदसम्म राष्ट्रीय राजनीतिमा सशक्त रुपमा परेको देखिन्छ। फलस्वरुप विवेकशील र साझा एकजुट भई अगाडी बढेको सर्वविदितै छ। तथापि दुई वर्ष भित्रै फेरी फुट भएर आ-आफ्नो बाटो लाग्न पुग्यो। र पुनः केही समय पश्चात विवेकशील र साझा एक भए तर विवेकशील भित्रका एक समुह अर्थात असन्तुष्ट समुहले आफ्नो छुट्टै धार अपनाउन पुग्यो। फलस्वरुप विवेकशील पार्टीको जन्म भएको हो र यसको कमान दक्ष र युवा महिला नेतृ तामाङलाई संसदीय समितिले सुम्पेको हो।


अध्ययन र रोजगारको क्रममा वर्षौ जर्मनी बसेर नेपाल फर्केकी तामाङ एक बौधिक व्यक्तित्व हुन्। डाक्टरेट गर्दै गरेकी उनी विवेकशील पार्टीको संयोजक हुन्। मध्य र दीर्घकालिन योजनको साथ राजनीतिमा उर्तेकी तामाङले समाजलाई सही र सार्थक गन्तव्य दिने अभियानको नेतृत्वकर्ता हुन्।
संघर्षको गाथालाई बैचारिक र व्यवहारिक तवरले सुशासन र विकाशको बाटोमा डोर्‍याउन लक्ष्य बोकेको तामाङ महिलाको सहभागिता एवं नेतृत्वमा जोड दिन तत्पर रहेको देखिन्छ। सुचना प्रविधि र अन्तर्राष्ट्रिय सम्बन्धमा दख्खल राख्ने ४५ वर्षिय तामाङ काभ्रेपलान्चोकको बासिन्दा हुन्। देशको वर्तमान रानजीति, विवेकशील साझा बीचको एकता र असन्तुष्टी एवं मुलतः विवकेशील पार्टीको मुद्दामा टेकेर मुलुक टाइम्सका लागि संजीव सिंह र राजेश्वर डी. श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंशहरुः-

  • विवेकशील र साझाबीचको सम्बन्धका टुटफुट र पुनः जुटको कारण के हो?


विवेकशील र साझा अभियानबाट आएको पार्टी हो। राजनीतिक अनुभव शुन्य थियो। जनताको जनचाहना अनुसार एक भयौं। चुनावको नतिजा र रणनीतिका लागि एक भएको हो। भण्डैं १७ महिना संगै हिंडयौं र तत्पश्चात छुटयौं। सायद विचार शुरुदेखि नै भिन्न थियो। चुनावी नतिजा आशालग्दो होस भनेर सायद दुई दल एक भएको थियो।

  • पुनः विवेकशील साझा एक हुदाँ पनि विवेकशीलको एक पाटो किन अलग्गै बसे?

विवेकशील र साझाको विचार कहिल्यै एक थिएन। चुनावी सफलता र जनताको अपेक्षा अनुरुप एक भएका थियौं। पछि छुट्टियौं र पुनः मिल्यौं। तथापी असन्तुष्ट समुह अलग्गै बस्यौं फलस्वरुप विवेकशील पार्टीको गठन भयो। र ११ सदस्यीय समितिले मलाई संयोजक बनायो।

  • विवेकशीललाई सामाजिक संजालको पार्टी वा वैदेशीक रोजगारमा रहेको वा फर्केका युवाहरुको पार्टी भनिन्छ नी?


होइन, आठ वर्ष अगाडी हामी अभियान मार्फत आएको पार्टी हो। बहुसंख्यक युवाम नै हाम्रो आधार हो। वैचारिक जगको आधारमा विवेकशील मुद्दा र नैतिकतामा रहेर राजनीति गर्नेछ

  • राजनीतिक मुद्दा र ठोस कार्ययोजना के के हो?

हाम्रो प्रतिस्पर्धी राजा या राजनीतिज्ञ वा दल होइन्। हामी समाजको विकृती, अनैतिक कार्य र राजनीतिक वितृष्णा तथा भ्रष्टाचारको विरुद्ध आवज संगसंगै कार्य गरेर अगाडी बढछौं। चुनावी रणनीतिमा अगडी बढछौं। समावेंशिता र महिला अधिकारको सुनिश्चितता गर्दछौं। समाज परिवर्तनतर्फ अग्रसर हुन्छौं। सत्ता र सरकारमा पुग्न समय लाग्ला तर पुगेपछि अवस्य यी समस्याहरुको समाधन गर्नेछौं।

  • महिला नेतृत्वको चुनौती एवं सहभागिताको सम्भावना के के छ?


चुनौती अपार छ। संघर्ष गरेर पहिला पनि नेतृत्वहरु नआएको होइनन् यद्यपी चेतना र परम्पराको बोझ छ, हटाउनु पर्छ। महिला नेतृत्वको सहभागिता हुनै पर्छ, हुन्छ। बाटो सजिलो छैन, संघर्ष जारी छ। सामाजिक परिवर्तन संगै राजनीतिक परिवर्तन पनि हुन्छ।


  • समृद्ध नेपालको परिकल्पनाको आधार के के हुन सक्छ?


सुचना र प्रविधिले समृद्ध नेपालको आधारशिला तय गर्छ। विगतमा ७० वर्षमा राजनीतिक दलहरुले गर्न नसेको कार्य १० वर्षमा गर्न सकिन्छ । निष्ठा र इमानदारिताले कार्यको प्रारुपलाई साकार बनाउँछ। डिजिटल प्लेटफर्मले प्रविधिसंग छिटो छरितोे कार्य गर्न मद्त पुर्‍याउँछ।

  • राजनैतिक नैराश्यता एवं राजा आउ देश बचाउँको लहर उठेको छ, किन?


“राज आउँ देश बचाउँ” वास्तविकता भन्दा परको विषय हो । गणतन्त्रमा यो सम्भव छैन्। राजनीतिक दल र राजनीतिज्ञहरुको किचलो, भ्रष्टाचार एवं आफु केन्द्रित शक्ति संतुलन गर्नाले राजनीतिक नैराश्यता छाएको हो। राजा वा राजतन्त्रको आवाज उठेको कारण पनि त्यही नै हो।
वास्तवमा देशमा गणतन्त्र, धर्म-निरपेक्षता र राजनैतिक सुशासन, निष्ठा र इमान्दारीता, भ्रष्टाचारको न्यूनीकरण वा अन्तय तथा सही पद्धतीको विकल्प छैन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *