नेपाल प्रहरीको नयाँ तलबमान लागू ।

मुलुक डेस्क, काठमाडौं । २०७८साउन २९, शुक्रवार २०७८ साउन १ गतेदेखि प्रहरीको नयाँ तलबमान लागू भएको छ । प्रहरी संगठनमा प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तलब कायम भएको छ भने रिक्रुटले २१ हजार ४ सय ८० रुपैयाँ तलब भएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष सबै पदमा समानरुपमा २ हजार […]

२० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २७, बुधवार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले २० युनिटसम्म खपत गर्ने विपन्न वर्गको ग्राहकहरुलाई निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेकी छन् । बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री भुसालले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले निःशुल्क विद्युत उपलब्ध गराउने निर्णय गरिसकेको भन्दै विद्युत नियमन आयोगसमक्ष प्रस्ताव पठाइएको बताइन् । […]

प्राधिकरणको कार्यकारीमा कुलमान ४ वर्षका लागि नियुक्त ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २७, बुधवार सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । उर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद्को सोमबारको बैठकले घिसिङलाई ४ वर्षका लागि नियुक्त गरेको हो । बुधबार उनलाई उर्जा जलस्रोत तथा सिञ्चाइ मन्त्रालयबाट नियुक्तिपत्र बुझेका छन् । यससँगै कुलमान दोस्रो पटक प्राधिकरणमा कार्यकारी […]

प्रभु लाइफ र मेडी प्लसबीच सम्झौता ।

मुलुक डेस्क, दमौली । २०७८ साउन २७, बुधवार प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र पोखरामा रहेको मेडी प्लस अस्पताल एण्ड ट्रमा सेन्टरबीच सर्व सुलभ उपचारका लागि सम्झौता भएको छ। प्रभु लाइफ इन्स्योरेन्सका ग्राहक तथा कर्मचारीको उपचारका लागि पोखरामा रहेको मेडी प्लस अस्पताल एण्ड ट्रमा सेन्टरबीच सम्झौता भएको हो। अस्पतालका तर्फबाट डा. निरज रजित, सिए विक्रम पराजुली, […]

विद्युत प्राधिकरणमा पुनः कुलमान घिसिङ नियुक्त ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २७, बुधवार सरकारले नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेकाे छ । उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा मन्त्रिपरिषद्को निर्णय आइपुगेको र आज उनलाई नियुक्ति गर्ने प्रक्रिया थालिएको मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले बताए । आजै उनले पदबहाली गर्ने प्रवक्ता भेटवालले बताए । हाल बहालवाल प्रमुख […]

राष्ट्रिय वाणिज्य बैंकले क्रेडिट कार्ड सेवाको शुभारम्भ गर्‍यो ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २६, मंगलवार राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । आज बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेको हो । अध्यक्ष पुडासैनीले ग्राहकको चाहनाअनुसार नयाँ–नयाँ बैंकिङ प्रोडक्टको […]

एभरेष्ट बैंकको भैसेँपाटीमा १०४ औं शाखा उद्घाटन ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २६, मंगलवार एभरेष्ट बैंक लिमिटेडले भैसेँपाटी, ललितपुरमा आफ्नो १०४ औं शाखा उद्घाटन गरेको छ । केशवराज पौडेल, सहायक महाप्रबन्धक, एभरेष्ट बैंक र पुरुषोत्तम खड्का, वडा अध्यक्ष, वडा न.१८, ललितपुर महानगरपालिकाले संयुक्त रुपमा भैसेँपाटी, ललितपुर शाखाको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा निरु जङ्ग थापा, वरिष्ठ उपाध्यक्ष, ललितपुर उद्योग वाणिज्य […]

कामपाले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गर्यो ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २६, मंगलवार काठमाडौं महानगरपालिका (कामपा)ले घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताको सेवा बन्द गरिदिने भएको छ । विगत २८ वर्षदेखि कर नतिर्ने करदातालाई सार्वजनिक सूचनामार्फत सम्पर्कमा आउन आग्रह गरिँदै आइएको थियो । गत असार १६ गते कामपाले पहिलो चरणमा कर तिर्न आनाकानी गरेका २० ठूला करदाताको नाम सार्वजनिक […]

नेबिको बिस्कुट फैक्टीको भयावह आगलागी नियन्त्रणमा ।

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २४, आइतवार बालाजु औद्योगिक क्षेत्रमा लागेको आगलागी नियन्त्रणमा आएको छ। शुक्रवार रातिदेखि औद्योगिक क्षेत्रमा रहेको नेबिको बिस्कुट उद्योगमा आगलागी भएको थियो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार आगलागी नियन्त्रणमा लिनका लागि दमकल र हेलिकप्टरको प्रयोग गरिएको थियो। नेपाली सेनाको बालाजुस्थित श्री नं१ बाहिनी अड्डाका सहायक […]

बृहत बैंकिङ मर्जरको तयारीमा हिमालयन नेपाल इन्भेष्टमेण्ट बैंक

मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २०, बुधवार नेपाली बैंकिङ इतिहासमा हालसम्मकै सबैभन्दा ठूलो मर्जरको तयारीमा लागेका हिमालयन नेपाल इन्भेष्टमेण्ट बैंक आपसमा गाभिँदा इन्भेष्टमेण्टका कर्मचारीलाई ठूलो लाभ हुने देखिएको छ । मर्जर कमीटिले इन्भेष्टमेण्टका कर्मचारीलाई लगातार चार वर्षसम्म तलब बढाउने प्रस्ताव अघि सारेको छ । हिमालन बैंकका कर्मचारीको सेवासुविधा बढी भएका कारण इन्भेष्टमेण्टका कर्मचारीलाई पनि […]