मुलुक डेस्क, काठमाडौं । २०७८साउन २९, शुक्रवार

२०७८ साउन १ गतेदेखि प्रहरीको नयाँ तलबमान लागू भएको छ । प्रहरी संगठनमा प्रहरी महानिरीक्षक (आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तलब कायम भएको छ भने रिक्रुटले २१ हजार ४ सय ८० रुपैयाँ तलब भएको छ । अघिल्लो वर्षभन्दा यो वर्ष सबै पदमा समानरुपमा २ हजार रुपैयाँ तलब बृद्धि भएको हो ।

आइजीपी र एआइजीको तलब स्केल बराबर छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को तलब ६६ हजार ८ सय ६० पुगेको छ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) को ५८ हजार ३ सय १ रुपैयाँ पुगेको छ ।

Women of Nepal Police march in a rally held to mark the 108th International Women’s Day organised by the Ministry of Women, Children and Social Welfare in Kathmandu, on Thursday, March 8, 2018. Photo: Skanda Gautam/THT

प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तलब को ५५ हजार ९ सय ६४ रुपैयाँ पुगेको छ भने प्रहरी उपरीक्षक (एसपी) को तलब ५३ हजार ४० रुपैयाँ पुगेको छ ।

जवानको २८ हजार ७ सय ३६ रुपैयाँ तलब तोकिएको छ । रिक्रुटको २१ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ । फलोअर्स, सयस समेतको सुरुको तलब स्केल २१ हजार ४ सय ८० रुपैयाँमा १० औं ग्रेडको प्रतिग्रेड ७ सय १६ रुपैयाँका दरले २८ हजार ६ सय ४० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published.