मुलुक डेस्क, काठमाडौं । २०७८ साउन २७, बुधवार

सरकारले नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय गरेकाे छ ।

उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयमा मन्त्रिपरिषद्को निर्णय आइपुगेको र आज उनलाई नियुक्ति गर्ने प्रक्रिया थालिएको मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले बताए । आजै उनले पदबहाली गर्ने प्रवक्ता भेटवालले बताए ।

हाल बहालवाल प्रमुख कार्यकारी हितेन्द्रदेव शाक्यलाई भने उर्जा आयोगको विज्ञको जिम्मेवरी दिइने भएको छ । शाक्यलाई विशिष्ट श्रेणी सरह र खाइपाइ आएकाे सुविधा कटाैती नहुने गरी उर्जा आयाेगमा विज्ञका रूपमा पठाउने तयारी भएकाे प्रवक्ता भेटवालले बताए ।

Leave a Reply

Your email address will not be published.