शंखमुलमा विद्युतिय घाट बन्ने

मुलुक डेस्क, ललितपुर । २०७८ कार्तिक ०३, बुधवार ललितपुरको शंखमुलमा विद्युतीय शवदाहका लागि विद्युतीय घाट निर्माण हुने भएको छ । ललितपुर महानगरले महानगरको ११ नम्बर वडामा निर्माण गर्ने यस विद्युतीय घाट निर्माणमा एभरेष्ट बैंकले एउटा मेसिन र १ सय फिटको चिम्नी उपलव्ध गराउने भएको छ । मंगलबार ललितपुर महानगरमा भएको सहयोग हस्ताक्षर कार्यक्रममा बैंकका प्रमुख […]

महाकालीमा महाबाढ, शारदा ब्यारेजमा रेड अलर्ट

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०२, मंगलवार महाकाली नदिमा जलस्तरको बहावले अहिलेसम्मकै रेकर्ड तोडेको छ। ९२ बर्ष यताकै ठूलो जलस्तर महाकाली नदिमा मापन गरिएको छ । मंगलबार दिउँसो २ बजे महाकाली नदिमा ५ लाख ४७ हजार २ सय २४ क्युसेक पानी मापन गरिएको छ । सन २०१३ को ५ लाख ४४ हजार ४ सय […]

बडादसैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

मुलुक डेस्क, काठमाडौं । २०७८ कार्तिक ०२, मंगलवार काठमाडौं । नेपालीले भव्यरूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ । […]

संखुवासभा दुर्घटनामा तेह्रथुमका युवकको मृत्यु

वीरेश राई, संखुवासभा । २०७८ आश्विन ३१, आइतवार संखुवासभामा ट्र्याक्टर दुर्घटना हुँदा तेह्रथुमका युवकको मृत्यु भएको छ् । सङ्खुवासभाको धर्मदेवी नगरपालिका-१ तीनजुरेमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम लालीगुराँस नगरपालिका-१ घुर्मुसेका ३७ वर्षीय रमेश दाहाल रहेको ट्राफिक प्रहरी प्रमुख मानबहादुर खत्रीले जानकारी दिए । आज बिहान करिब ५ बजे टुटेदेउरालीबाट […]

पाल्पाको रामपुरमा फनपार्क

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन ३१, आइतवार पाल्पाको रामपुरमा पहिलो पटक खुलेको ‘चिल्ड्रेन फनपार्क’मा यतिखेर सबैको आकर्षण बढेको छ । बालबालिकालाई लक्षित गरी हालैमात्र रामपुर नगरपालिका-५ स्थित बेझाड खेतमा सुरु गरिएको फनपार्क अहिले पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ ।विशेषगरी यहाँ साँझपख आन्तरिक पर्यटकको भीड लाग्ने गरिन्छ । दिनभरको कार्यालयको थकान मेट्ने र बालबालिका भुलाउने […]

हत्या या दुर्घटना ? जलेश्वरमा मुर्ति बिसर्जन गरिएको पोखरीमा एक युवा मृत

मुलुक डेस्क, महोत्तरी । २०७८ आश्विन ३१, आइतवार महोत्तरी जलेश्वरको भागेश्वर कुट्टीस्थित पोखरीमा हिजो दुर्गा माताको मुर्ति बिसर्जन गरिएको ठाँउबाट एक युवा मृत फेला परेको छ् । जलेश्वर वडा न. २ घर भएको १८ वर्षीय सुमित कुमार शाह हिजै दिखी बेपत्ता थियो । ऊनी कक्षा १२ मा अध्ययनरत थिए । शनिबार मूर्ति विसर्जन गर्न गएका […]

वीरगंज पथलैया सडकखण्ड दुर्घटनामा ३ जनाको मृत्यु

मुलुक डेस्क, पर्सा । २०७८ आश्विन ३०, शनिवार वीरगंज पथलैया सडकखण्ड अन्तर्गत बाराको भोलहीमा ट्याङकरले कारलाई ठक्कर दिँदा ३ जनाको मृत्यु भएको छ। बारा जितपुरसिमरा उपमहानगरपालिका २३ भोलहीमा शुक्रबार राति ११ बजे पथलैयाबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर […]

कंकालिनीमा ७४४ वटा राँगाको बलि

मुलुक डेस्क, सप्तरी । २०७८ आश्विन २९, शुक्रवार बडादशैँको महानवमीका दिन सप्तरीको भारदहस्थित कंंकालिनी भगवती मन्दिरमा ७ सय ४४ राँगाको बलि चढाइएको छ । पुर्व–पश्चिम राजमार्गसँगै जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ भारदह गाउँमा अवस्थित नेपालकै प्रसिद्ध कंकालिनी भगवती शक्तिपीठमा महानमवीका दिन बिहीबार ७ सय ४४ राँगाको बलि प्रदान गरिएको मन्दिर विकास समितिले […]

वर्षमा एकदिन खोलिने तलेजु मन्दिर ।

मुलुक डेस्क, काठमाडौं । २०७८ आश्विन २८, बिहीवार काठमाडौंको हनुमानढोकास्थित तलेजु मन्दिर दशैंको महानवमीमा वर्षको एकदिन मात्रै सर्वसाधारण एवम् श्रद्धालुहरुका लागि खुला गरिन्छ । चार सय ५८ वर्ष पहिले तात्कालिन राजा महेन्द्र मल्लले १६२० सालमा फरक शैलीमा तलेजु मन्दिर निर्माण गर्न लगाइएको युवा विश्व हिन्दु महासंघ हनुमानढोका शाखाका अध्यक्ष राजन महर्जन बताउछन । ‘१४ तल्लको […]

जनकपुरको राजदेवीमा १४ हजार २९१ बोकाको बलि चढाइयो ।

राजन झा, जनकपुरधाम । २०७८ आश्विन २८, बिहीवार जनकपुरको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा बलिप्रदान सम्पन्न भएको छ । यसबर्ष राजदेवी मन्दिरमा १४ हजार २९१ बोकाको बलि दिइयो। निशा पूजा सम्पन्न भएलगत्तै राति ८ बजेर ५ मिनेटदेखि सुरु भएको बलिप्रदानको कार्यक्रम बिहान ३ बजेर ३८ मिनेटसम्म चलेको थियो । बलिप्रदानका लागि हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरु […]