
मुलुक डेस्क, २०७९ श्रावण ३१ गते मंगलबार
१४ औं जिल्ला अधिवेशनबाट पूणर् बहादुर तामाङ (कान्छाराम) निर्वाचित भए पश्चात जिल्ला पार्टी बैठकहरुमा पार्टी सभापतिको कार्यशैली अलोकतान्त्रिक, अराजनीतिक र अराजक भावनाबाट ओतप्रोत भएको कारण निर्वाचित कार्यसमितिका सदस्यहरुले सभापतिको निणर्यप्रति असहमित जनाउँदैं आएको छ ।
कान्छारामको मनोमानिले गर्दा रामेछाप काँग्रेस कार्य समिति भित्र चिराचिरा परेको छ । सदस्यहरु दुई कित्तामा उभिन बाध्य भएका छन् । परिस्थिति यस्तै रहे फुटको सम्भावना प्रवल रहेको देखिन्छ । नजिकिदैं गरेको निर्वाचनमा यसले ठूलो फाटो ल्याउने सम्भावना बोकेको छ । नेपाली काँग्रेस जिल्ला कार्य समितिको २०७९ श्रावण ३ गतेको बैठकबाट सभापति पूणर् बहादुर तामाङ (कान्छाराम) पूणर्रुपमा अल्पमतमा रहेको कुरा जिल्ला कार्य समितिका बहुमत कार्यसमिति सदस्यहरुले जिल्ला पार्टी सभापतिलाई ०७९/०४/६ गते दिएको ज्ञापन पत्रले प्रमाणित भैसकेको कुरा अवगत गराउँदछौं ।
कार्य समिति सदस्यहरुले ज्ञापन पत्र दिंदादिदैं पनि पार्टी सभापतिले पुनः ०७९/०४/१७ गते बैठक डाकी बैठकमा २० जना मात्र स-शरिर उपस्थित भएतापनि बैठकमा उपस्थित नै नभएका सदस्यहरुको निणर्य पुस्तिकामा विभिन्न प्रलोभन देखाएर किर्ते हस्ताक्षर गराई आफ्नो पक्षमा बहुमत सदस्य रहेको भनी पूर्ववत सर्वसंमतबाट गरेका निणर्यहरुलाई उल्टाई पार्टीलाई आघात पुग्ने विभिन्न निणर्य गर्दै गलत प्रचार गरेकोमा हामी बहुमत कार्य समिति सदस्यहरुको तर्फबाट घोर भर्तसना
गर्दैं असन्तुष्ट पक्षले सभापति कान्छनराम विरुद्ध उभेका छन् ।
पटक-पटक पार्टी सभापतिलाई विधान अनुरुप चल्न अनुरोध गर्दागर्दै पनि केहि राजनीतिक स्वार्थीहरुको स्वार्थ सिद्ध हुने गरी पार्टीलाई अबैधानिक र अलोकतान्त्रिक तरीकाले सञ्चालन गरेकाले पार्टी सभापतिको यो चरम स्वेच्छाचारी निणर्यप्रति हाम्रो घोर असहमति जनाउँदैं प्रेस विज्ञप्ति नै जारी गरेको छ ।
मंसिर ४ गते हुने आम निर्वाचनमा समेत पार्टीलाई सम्भावित दुर्घटनाबाट बचाउन एव संगठनलाई चलायमान गराउन भनी सल्लाह सुझाव दिंदा समेत एकल ढंगले हिडेको हुनाले हामी कार्यसमिति पदाधिकारी तथा सदस्यहरुको गम्भीर ध्यानाकर्षण भएको छ । तसर्थ सम्बन्धित सरोकारवाला निकायले यो विषय निराकरणको लागि तत्काल पहल गर्न अनुरोध गर्दछौं । अन्याथा हामी कार्यसमिति पदाधिकारी तथा सदस्यहरुले थप सशक्त संघर्षका कार्यक्रम तय गरी अगाडि बढ्न बाध्य हुनेछौं भनी यसै प्रेस विज्ञप्ती मार्फत सम्बन्धित सबैलाई जानकारी गराउन चाहन्छौं ।