विश्व नेपाली साहित्य महासङ्घ नेपालको कार्यक्रम ।

मुलुक डेस्क, काठमाडौं । २०८२ साउन २८, बुधवार विश्व नेपाली महासङ्घ नेपाल शाखाको आयोजना तथा विनेसाम बाग्मती प्रदेश र काठमाडौँ जिल्ला शाखाको सहआयोजनामा विश्व नेपाली साहित्य महासङ्घको नवनियुक्त पदाधिकारीहरूको स्वागत तथा सम्मान कार्यक्रम साथै काठमाडौँ जिल्ला शाखा कार्यसमितिको घोषणा कार्यक्रम सप्पन्न भएको छ । कार्यक्रमको सभापति विनेसाम नेपाल शाखाको अध्यक्ष मणिराज सिंह तथा प्रमुख अतिथिमा […]

राससको महाप्रबन्धकमा सन्दिप राई नियुक्त

मुलुक डेस्क, काठमाडौं । २०८२ साउन २७, मंगलवार राष्ट्रिय समाचार समिति (रासस)को रिक्त महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई राससको महाप्रबन्धक नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए। प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन्। पाँचथर फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राईले […]

“दक्षिण एसियामा आतंकवादको अवस्था र दीर्घकालीन समाधान” विचार गोष्ठी ।

मुलुक डेस्क, काठमाडौं । २०८२ साउन २७, मंगलवार नेपाल भारत विकास मञ्चद्वारा राजधानी काठमाडौंमा आइतबार “दक्षिण एसियामा आतंकवादको अवस्था र दीर्घकालीन समाधान” विषयक विचारगोष्ठी आयोजना भएको छ । आतंकवादलाई मानव सभ्यताको साझा चुनौती र मानवताविरुद्धको अपराधका रूपमा परिभाषित गर्दै यसको समाधानका लागि क्षेत्रीय सहकार्य, राजनीतिक प्रतिबद्धता र नेतृत्वकारी पहल अपरिहार्य रहेको वक्ताहरुले निष्कर्ष निकालेका थिए। […]

ज्योति साहित्य प्रतिष्ठानको २२०औँ कविता यात्रा सम्पन्न ।

मुलुक डेस्क, काठमाडौं । २०८२ साउन ११, आइतवार ज्योति साहित्य प्रतिष्ठानको २२०औँ कविता यात्रा काव्य र कलाको समर्पणले भरिपूर्ण साहित्यिक उत्सवको रूपमा सम्पन्न भएको छ । ज्योति साहित्य प्रतिष्ठान तथा विश्व नेपाली साहित्य महासंघ नेपाल शाखाका अध्यक्ष मणिराज सिंहको अध्यक्षता र प्रमुख अतिथि कवि शैलेन्द्र साकारको उपस्थितिमा साहित्यिक उत्सव सम्पन्न भएको थियोे । साहित्यिक उत्सव […]

“राजपुत समाज नेपाल” को ५ औं वार्षिक उत्सव सम्पन्न।

मुलुक डेस्क, काठमाडौं । २०८२ साउन ०८, बिहीवार “राजपुत समाज नेपाल”को स्थापनाको आज ५ औं वार्षिक उत्सव काठमाडौं बबरमहलमा अवस्थित मधेश भवनमा बुधवार सफलतापुर्वक सम्पन्न भएको छ । समाजका अध्यक्ष विजय कुमार सिंहको अध्यक्षता र प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य शेखर कुमार सिंहको उपस्थितिमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष उमेश कुमार सिंह र महासचिव संजीव सिंहको सहभागिता […]

डा. शेखर कोइराला : शालीन र सशक्त राजनीतिज्ञ ।

रमेश लुइँटेल, काठमाडौं । २०८२ साउन ०४, आइतवार नेपाली राजनीतिमा डा. शेखर कोइरालाको नाम एउटा शालीन, नीतिप्रधान र दूरदर्शी नेतृत्वका रूपमा स्थापित छ। नेपाली कांग्रेसका वरिष्ठ नेता डा. कोइरालाले दशकौंको अनुभव, इमानदार चरित्र र स्पष्ट राजनीतिक दृष्टिकोणका कारण जनता तथा कार्यकर्ताबीच विशेष स्थान बनाएका छन्। स्वास्थ्य क्षेत्रबाट राजनीतिसम्मको यात्रा:डा. कोइरालाको पहिचान एक योग्य चिकित्सकको रूपमा […]

रसुवागढी बाढीबारे राष्ट्रिय सभामा उठ्यो आवाज

मुलुक डेस्क, काठमाडौं । २०८२ साउन ०२, शुक्रवार रसुवागढीमा असार २४ गते आएको भयानक बाढीका बारे राष्ट्रिय सभामा सांसदहरुले आवाज उठाएका छन् । जनता समाजवादी पार्टी नेपालका तर्फबाट राष्ट्रिय सभा सदस्य मो.खालिद सिद्धिकीले सो बाढीमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहत र उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी र प्रशासनलाई धन्यवादसमेत दिएका हुन् […]

सङ्खुवासभा खाँदबारीमा २११ ओैँ भानु जयन्ती सम्पन्न

वीरेश राई, सङ्खुवासभा । २०८२ असार ३१, मंगलवार सङ्खुवासभाकाे सदरमुकाम खाँदबारीकाे भानु चा‌ैकमा आदिकवि भानुभक्त आचार्यकाे २११ ओैँ भानु जयन्ती सम्पन्न भएको छ। मकालु साहित्यिक समाजद्वारा आयाेजित उक्त कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्य प्रमुख अतिथिको भूमिकामा उपस्थित हुनुहुन्थ्यो। मकालु साहित्यिक समाज (मसास)का अध्यक्ष ताराबहादुर बुढाथोकीकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष […]

रत्नराज्यका प्रअ रामाशिष यादवको प्रेरणादायी अवकाश ।

रमेश लुइँटेल, काठमाडौं । २०८२ असार ३०, सोमवार चार दशकभन्दा लामो शिक्षा सेवाको उज्यालो यात्राबाट शिक्षक रामाशिष यादव आज बिदा हुँदैछ। वि.सं. २०४४ साल माघ १६ गतेदेखि शिक्षा क्षेत्रमा सक्रिय योगदान दिनुभएका रामाशिष यादव आजदेखि औपचारिक रूपमा अवकाश जीवनमा प्रवेश गर्नुभएको छ । श्री रत्न राज्य माध्यमिक विद्यालय, मध्य बानेश्वरको प्रधानाध्यापकको रूपमा २०७६ मंसीर २९ […]

श्री दुर्गा माविमा गुरु पुर्णिमा महोत्सव ।

मुलुक डेस्क, महोत्तरी । २०८२ असार २६, बिहीवार महोत्तरीको प्रसिद्ध विद्यालय श्री दुर्गा माध्यमिक विद्यालय मनरामा आज गुरु पुर्णिमाको दिन गुरुजनप्रति सम्मान श्रद्धा र आदर प्रकट गर्दै विशेष महोत्सवको आयोजना गरिएको छ। सबै कक्षाका विद्यार्थीहरुले गुरुजनलाई केक खुवाएर सम्मान गरेका थिए भने चकलेट र कलम पनि बाडेका थिए । पढाई संगसंगै ज्ञानगुनका वार्तालाप र मनोरञ्जनात्मक […]