संजीव सिंह, काठमाडौं । २०७९ चैत्र १२, आइतवार

नेपाली साहित्यका मुर्धन्य स्रष्टा डा. राजेन्द्र विमलको ७७ औं जन्मोत्सव तथा डा. राजेन्द्र विमल प्रतिष्ठानको ११औं वार्षिकोत्सवको सुखद संगम राजधानीमा आज भव्यताका साथ साहित्यिक माहोलमा सांगितिक कार्यक्रमवीच समपन्न भएको छ् ।

श्रष्टा र सर्जक, बुद्धिजीवी र बुजुर्ग एवम् गुरु र शिष्यवीच समपन्न उक्त समारोहका प्रमुख आकर्षणको केन्द्रविन्दु स्वयम् स्रष्टा डा. राजेन्द्र विमल थिए । कार्यक्रमका अध्यक्षता प्रतिष्ठानका अध्यक्ष अबधेश पोखरेल ‘जनकपुरिया’ ले गरेको थियोे ।

कार्यक्रममा प्रतिष्ठानका कोषाअध्यक्ष शुसिला पौडेलले स्वागत मन्तव्य दिईन भने वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले सवै अतिथि एवम् आगन्तुकको माझमा केक काटेर जन्मोत्सव मनाएका थिए । यसै सन्दर्भमा प्रतिष्ठानका अध्यक्ष अबधेश पोखरेलद्वारा लिखित नाटक “हैबे करतै भोर” को बिमोचन समेत गरिएको थियो ।

डा. राजेन्द्र विमलको व्यक्तित्वमाथी नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्वकुलपती गङ्गाप्रसाद उप्रेती, साहित्यकारहरु कोषराज न्यौपाने, राधेश्याम लेकाली, चुडामणी देवकोटा, नियात्राकार डा. दामोदर पुडाशैनी, मधेशी आयोगका अध्यक्ष डा विजयकुमार दत्त, सदस्यहरु आभासेतु सिंह, जिवछ साह, रेणुदेवी साह आदिले प्रकाश पारेका थिए भने संस्कृतिविद एवम् मानवशास्त्री प्रो. डा. प्रेम खत्री, पुर्वप्रशासक बैधनाथ कर्ण, विरेन्द्र ठाकुर, रुपेश यादव, डा. आभास लाभ लगायतको उपस्थिति रहेको थियो।

“न मधेशी न पहाडी न हिमाली लेखियोस,
म मरेपछि पहिचान मेरो नेपाली लेखियोस ।
पुर्खाको नाँउ लेख्नुपर्दा जनक र बुद्लेखाईदिनु,
उँचाई मेरो नाप्नेलाई सगरमाथा देखाईदिनु।” भन्ने राष्ट्रिय भावले ओतप्रोत एवं सान्दर्भिक सन्देश दिन सफल श्रष्टा डा. विमल नेपाली साहित्यका मुर्धन्य ब्याक्तित्व रहेको बिशिस्ट अतिथि एवं साहित्यप्रेमि वक्ताहरुले बताए । सवैले डा. विमलको मुक्तकण्ठले प्रशंसा समेत गरे र प्रतिष्ठानले आउँदा दिनमा उनको बिचार र साहित्य सिर्जनालाई जिवन्त राख्ने ठाेस कदम चाल्नुपर्ने सुझाव समेत दिए । पुस्ता हस्तान्तरण हुनुपर्ने, ऊनीबारे धेरैभन्दा धेरै जानकारी सार्वजनिक हुनुपर्ने तथा उनका कृतिहरुको प्रकाशन हुनुपर्नेमा जोड दिए ।

नेपाली र मैथिली साहित्यबीच सेतुको कार्य गर्ने श्रष्टा डा. राजेन्द्र विमल र डा. राजेन्द्र विमल प्रतिष्ठानको आजको राजधानीको कार्यक्रममा जनकपुर र मिथिलाका हस्तीहरु, सर्जक एवं श्रष्टाहरुको बाक्लो उपस्थितले मिथिलामय तथा जनकपुरमै भएको अभास दिई रहेको भान हुन्थ्यो ।

कार्यक्रममा डा. आभास लाभ र उनका समुहले मिठो सांगितिक गितहरु पस्केका थिए । आफनो चुम्बकीय उदघोषन कलाले चतुर्भुज केवरतले माहौललाई एकसुत्रमा बाधेर राख्न सफल भएका भने स्व्यम् डा. राजेन्द्र विमलले आफ्नो मन्तव्यको क्रममा माननीय एवम् मार्मिक उदगारहरु पेश गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *