रामअधार साह, महोत्तरी । २०७८ कार्तिक ११, बिहीवार

महोत्तरी मनराशिसवा नगरपालिका १, मनरा निवासी स्व. रामस्वार्थ सिंह तथा स्व. हरिनारायण सिंहको स्मृतिमा बर्थिङ्ग सेन्टर (आधारभुत स्वास्थ केन्द्र ) भवन निर्माण हुने भएको छ ।

मनरामा निर्माण गरिने उक्त भवनका लागि एक कटठा जग्गा मेयर परिवारले प्रदान गरेको हो । जग्गा दान गर्नेमा मेयर संजय कुमार सिंह र उनका दाजुहरु धिरेन्द्र कुमार सिंह तथा उदय कुमार सिंह रहेका छन ।

समाजमा विकासप्रेमी एवं लब्धप्रतिश्ठित को रुपमा ख्याति कमाएका स्व. रामस्वार्थ सिंह तथा स्व. हरिनारायण सिंहको स्मृतिमा बन्ने उक्त भवनका लागि मेयर परिवारले जग्गा दान गरेका हुन । स्व. दाजुभाइले आफू जिवित छँदा बिद्यालयमा भवन लगायत थुप्रै विकासका काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *