वीरेश राई, सङ्खुवासभा । २०८१ चैत्र २५, सोमवार

सङ्खुवासभाको चिचिलामा कार्बी कुर्फोले हेमतुम (मन्दिर) बनाउने भएको छ । चिचिला टोल बिकासको अध्यक्ष ज्ञानबहादुर गुरुङ र आमा समूहको अध्यक्ष झककुमारी गुरुङ लगायतले हेमतुम निर्माण र पुजामा सहयोग गर्न ऐक्यबद्धता व्यक्त गरेका छन्।

नेपालको सङ्खुवासभा जिल्ला चिचिला गाउँपालिकाको वडा नं ४ मा भारतको असम प्रान्तबाट आएको कार्वि कुर्फो अमाइले ‘सिंग बामन पो हिम आङ्लङ’को साँस्कृतिक पूजा सम्पन्न गरेको छ।वारिथे लाई आफ्नो पुर्खा मान्ने यो समुदाय आदिबासी जनजाति समुदाय हो। उनीहरुले २०७९ मा खाँदबारीमा ,२०८० र ०८१मा चिचिलामा उक्त पुजा आयोजना गरेका हुन्। पूजा समारोहमा गाउँपालिका उपप्रमुख मनकला राई, प्रमुख प्रशासकीय अधिकृत सन्तोष राई, वडा नं. १ का वडाध्यक्ष पूर्णकुमार राई, सम्बन्धित वडाध्यक्ष बालकुमार तामाङ लगायत दर्जनौ स्थानीय नेतृत्वको उपस्थित थियो। गत बर्ष अन्तरराष्ट्रिय सांस्कृतिक सम्मेलनमा यो समुदायले १२ वटा सांस्कृतिक झाँकी सहित भारतबाट ४२ जनाको संख्यामा सहभागी भएको थियो। पुजामा कार्बी समुदायको तर्फबाट कान्तो टिसो र नेपालको तर्फबाट ताराबहादुर बुढाथोकी कुरुसार(पुजारी) रहेका थिए।

भारतीय टोलीले चिचिला गाउँपालिकाको मत्श्यपोखरीको अवलोकन भ्रमण गरेका छन् । भ्रमण पश्चात गाउँपालिका प्राङ्गणमा साँस्कृतिक आदानप्रदानका साथै सम्मान कार्यक्रम आयोजना गरिएको थितो। दुबैतर्फबाट आफ्ना देशका विशेष बस्तुहरु साटासाट गरेर एकअर्का लाई सम्मान गरिएको थियो। सम्मानमा नेपालका तर्फबाट चिचिला आमा समूहले सम्मान अर्पण गरेको थियो। कार्बी समुदायका अतिथिहरुले पोहोर,चिण्डो र झोला वितरण गरेका थिए । सम्मान कार्यक्रम पश्चात सम्मेलन हलमा सर्वपक्षीय सर्वदलीय गोलमेच छलफल भएको थियो। छलफलमा गाउँपालिकाका वडाध्यक्ष बालकुमार तामाङ र कार्बी कुर्फो अमाइका कार्यवाहक अध्यक्ष लख्खीराम क्रोले संयुक्त रुपमा अध्यक्षता गरेका थिए भने कार्यक्रमलाई ताराबहादुर बुढाथोकीले सन्चालन गरेका थिए। नेकपा माओवादी केन्द्रका वीरसिंह गुरुङ्,नेपाली कांग्रेसका प्रदीप गुरुङ र नेकपा एमालेका तर्फबाट काजीमान गुरुङले कार्वि हेमतुम निर्माण र सिंगवामन पुजामा सकेसम्म सहयोग गर्ने बचनबद्धता ब्यक्त गरे।

कार्यक्रममा कार्बि समुदायको तर्फबाट अमृत इङ्ती, सार्थे रङ्पी, बालेश्वर हान्से र लख्खीराम क्रोले आफ्न बिचार राखेका थिए।लख्खीराम क्रोले हाम्रो संस्कार संस्कृति एउटै छ तर भाषामात्र भिन्न छ भन्दै सद्भावपूर्ण एकताको सुदृढीकरणमा जोड दिए। सामुदायिक वन उपभोक्ता समिति र गाउँपालिका लाई हेमतुम संरचनाको लागि जग्गा निर्णय सहित स्थायी रुपमा उपलब्ध गराइ दिन अनुरोध पत्र आदानप्रदान भएको थियो। गोलमेच छलफलमा सहभागी वक्ताहरुले आफूहरु यसबाट प्रभावित भएको र सदियौदेखि रहिआएको सम्बन्धलाई यसले पुस्ता पुस्तासम्म जोडने बिचार राखेका थिए। चिचिला गाउँपालिकाको व्यवस्थापकीय सहयोगमा अतिथिहरुको आवास रहेकोमा वडा नं ४ का वडाध्यक्ष बालकुमार तामाङको बिशेष योगदान रहेको थियो। कार्यपालिका सदस्य इन्द्रबहादुर राई, काली तोरीखोला वन उपभोक्ता समिति अध्यक्ष नारद राई ,खेलकुद समितिको अध्यक्ष प्रदीप गुरुङ, चिचिला टोल बिकासको अध्यक्ष ज्ञानबहादुर गुरुङ र आमा समूहको अध्यक्ष झककुमारी गुरुङ लगायतले हेमतुम निर्माण र पुजामा सहयोग गर्न ऐक्यबद्धता व्यक्त गरेका छन् ।

बहुपक्षीय छलफलमा आगामी बर्ष एउटा पृथक सांस्कृतिक कार्यक्रम सहित पुजामा आउने तीर्थयात्रीलाई स्वागत गर्न प्रस्ताव गरिएको छ। गाउँपालिकाको पर्यटन विकासका निम्ति एउटा महत्वपुर्ण आयाम बनोस् र सांस्कृति सद्भाव आदानप्रदानको केन्द्र बन्न सकोस् भन्ने अभिप्रायले कार्बी समुदायलाई आफ्नो जन्मभूमि चिचिलासँग जोड्न आफूले विशेष पहल गरेको संयोजक एवम् साहित्यकार ताराबहादुर बुढाथोकीले बताए। खाँदबारी नगरपालिकाले बिदाइ भोज तथा सम्मान गरेपछि टोली स्वदेश फर्कने खाँदबारीका नगरप्रमुख महेश थपलियाले बताए।

#muluktimes #Sankhuwasabha #Khandbari #chichila #temple #koshi #kathmandu #nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *