रोशन कुमार मिश्र, महोत्तरी । २०८१ जेष्ठ ३१, बिहीवार

मनरा शिसवा नगरपालिकाको श्री भै गे लु जनता माध्यमिक विद्यालय बथनाहामा पाँच दिने विद्यार्थी संस्कार शिविरको समापन समारोह सम्पन्न भएको छ ।

समापन समारोहका अध्यक्षता मेयर मोहन पाण्डेयले गरे भने प्रमुख अतिथिको रुपमा मधेश प्रदेशका सदस्य तथा पुर्व प्रदेशमन्त्री चन्दन सिंहको उपस्थिति रहेको थियो । यसैगरी विशिष्ट अतिथिमा प्रदेश सभा सदस्यद्वय रानी शर्मा र अन्जना पण्डितकाे उपस्थिति रहेको थियो । कार्यक्रममा सहायक प्रजिअ, जनपद सशस्त्र र राष्ट्रिय अनुसन्धानका प्रहरी उपरीक्षक, उपमेयर सहित विशिष्ट अतिथिहरुको उपस्थिति रहेको थियोे ।

मनरा शिसवा नगरपालिकाको आयोजना र युवा समिति नेपालको सहकार्यमा श्री भै गे लु जनता माध्यमिक विद्यालय बथनाहाका अध्ययनरत कक्षा ८, ९ र १० का करिब एक सयजना विद्यार्थी कार्यक्रममा सहभागिता जनाएको थियो । पाँच दिनसम्म बर्दिबासमा आयोजित शिविरमा योग गुरु हरिशरण पाण्डेयले विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

धर्म, संस्कार, संस्कृति र प्रकृतिको रक्षार्थ साथै स्वास्थ्य सवल, सक्षम र आत्मनिर्भर भई समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने कलाको कक्षा र अभ्यास प्रशिक्षण अवधिभर गराइएको थियो । मनरा शिसवा नगरपालिकाको मेयर तथा युवा समिती नेपाल (मधेश प्रदेश) का प्रमुख समेत रहेका मोहन पाण्डेयले पनि योग ध्यान, कला र कुलतबाट उम्किने उपायको बारेमा प्रशिक्षण दिएका थिए । यसैगरी शिक्षाकर्मी तथा संचारकर्मी संजीव सिंहले शिक्षाको महत्त्व, मानवीय लक्ष्य र जीवनउपयोगी क्रियाकलापको बारेमा एक सत्र प्रशिक्षण दिएका थिए ।

समापन समारोहमा वक्ताहरुले पालिकाको सबै विद्यालयमा यसकिसिमको समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने र व्यक्तित्व विकास अभिवृद्धि गराउने शिविर संचालन हुनु पर्नेमा जोड दिएकाका थिए । कार्यक्रममा अभिभावक, महिला, शिक्षक, बुद्धिजीवी, पत्रकार लगायत सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *