संजीव सिंह, काठमाडौं । २०८० भाद्र २८, बिहिवार

आज १५८ ओैँ माेती जयन्ती । यस अवसरमा नेपालका राष्ट्रिय विभूति, नेपाली साहित्यकाे माध्यमिक कालका प्रवर्तक, नेपाली कवितामा शृङ्गारिक धाराका प्रवर्तक, नेपाली भाषाका पहिला गजलकार, पहिला नेपाली समालोचक र जीवनीकार, समस्यापूर्ति कविता रचनाका पहिला अभियन्ता, नेपालका पहिला साहित्यिक सङ्गठक तथा भानुभक्त आचार्यका रामायण र अन्य कृतिहरूका पहिला अन्वेषक र भानुभक्तलाई पुस्ट्याइँसहित आदिकविका रूपमा स्थापित गर्ने पहिला व्यक्तित्व युवाकवि माेतीराम भट्टको जन्मजयन्तीको अवसरमा महफिल~ ए~ काव्य उपासनाकाे गाैरवमय प्रस्तुतिको रुपमा “महफिल काव्य सङ्गम” सार्वजनिक भएको छ ।

‘महफिल-ए-काव्य उपासना’काे संस्थापक एवम् संचालक डा. सनतकुमार वस्ती र इम्तियाज वफाकाे सम्पादनमा तयार भएकाे ५४ जना स्रष्टाहरूकाे संक्षिप्त परिचय र सिर्जनाहरू समावेश गरिएकाे सुन्दर पुस्तक ‘महफिल काव्य संगम’ लाई श्रष्टा माझमा कौशलटार स्थित ‘रीडर्स् हब एन् क्याफे’ मा लोकार्पण गरिएको हो।

गजल उर्दू भाषामा प्रेमका विषयमा श्रृङ्गार रसका कविता लेखिने एकप्रकारको फारसी छन्द वा त्यसै छन्दमा लेखिने अरबी साहित्यको काव्य विधा हो । गजल भनेको जीवन र जगतबाट प्राप्त अनुभव र अनुभूतिलाई कोमल, हार्दिक र कलात्मक रूपमा प्रस्तुत गर्ने काव्यिक विधा हो।

“कता हो कता म हराउन थालेछु
दिलको दुनियाँमा रमाउन थालेछु”

नेपाली गजल सम्राट कहलिएका ज्ञानुवाकर पौडेलको यो हरफले गजलको सौन्दर्यलाई निखारेको छ ।
यस्तै यस्तै गजलहरु समेटिएको यो काव्यकाे प्रेरणा एवम् परिकल्पनाकार डा. कृष्णजंग राणा हुन् भने प्रकाशक श्रीमती शान्ति राणा हुन् । रु. ७ सय मुल्य रहेको यो काव्यको साजसज्जा र प्रस्तुति अत्यन्तै पठनिय र आनन्दायक रहेको छ । विगत १० वर्षदेखि प्रत्येक शुक्रवार दिउसो प्रहरमा यो कार्यक्रम हुने गरेको छ । आजको कार्यक्रममा करिब ५० श्रष्टाको उपस्तिथि रहेको थियोे । गजल बाचन र गायन सहित सम्पन्न यो कार्यक्रमले नेपाली, हिन्दी र उर्दु गजलकारलाई एउटै मंचमा एकसाथ ल्याउने गजवको सौहार्दपुर्ण एवम् रसपुर्ण कार्य गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *