रमेश लुइँटेल, काठमाडौं । २०८० साउन १५, सोमवार

सरसफाइ आभियानका अभियन्ता राजमान महर्जन (मानव) को नेतृत्वमा आज बृहत “फोहोर नगरौ सफा त्यसै हुन्छ” भन्ने नाराका साथ राजधानी काठमाडौको बसन्तपुरबाट भद्रकाली माइतीघर मण्डला, सिंहदरबार हुँदै राष्ट्रिय सभा गृहमा पुगेर कार्यक्रम सम्पन्न भएको छ ।

चित्र कुमार सुनुवार सहित करिव चार सयको समुहमा व्यक्तित्वहरु सामेल भएको थियोे । उक्त सद्भाव रैलीमा नेवारी बाजागाजा र फोहोर व्यवस्थापन सम्बन्धि प्लेकार्ड प्रदर्शन गरिएको थियोे । सरकार र समाजलाई शान्तिपूर्ण तरिकाले फोहोर व्यवस्थापन सम्बन्धि जागरण र सचेतता गराइएको थियो ।

राजमान महर्जन “मानव”, सरसफाइ अभियन्ता ।
विगत १३ वर्ष देखि सरसफाइ अभियान चलाउदै आएको राजमान निस्वार्थ मन र भावले यो क्षेत्रमा लागि परेका हुन् । कीर्तिपुर निवासी राजमानले मुलुकका अधिकांस ठाँउ तथा संसारका ८/९ देश पुगेर सरसफाई कार्यलाई निरन्तरता दिदै आइरहेका छन् ।
सरकार र प्रशासनले स्वीकृत दिए काठमाडौं र नेपाललाई केही दिनमै विश्वको सफा शहर र देशको रुपमा प्रस्तुत गर्ने उनको नीति र योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *