अमित आनन्द, महोत्तरी । २०८३ कार्तिक ०२, सोमवार

सुरेन्द्र प्रसाद सिंह मेमोरियल फाउण्डेशनद्वारा स्व. नेता सिंहको छैठो पुण्यतिथिकाे अवसरमा मनरा शिसवाको मनराकट्टीमा सम्मान एवम् सम्वाद कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा उपस्थित सबैलाई आयोजक परिवारको तर्फबाट सम्मान गरिएको थियो । यसैगरी स्व. नेता सिंहको तीनै सुपुत्र ई. रन्जित, डा. सुजित सिंह र सुमित सिंहलाई अध्यक्ष र प्रमुख अतिथिले सम्मानित गरेका थिए । विगत ६ वर्षदेखि उनको पुन्यतिथिमा सकारात्मक र सराहनीय कार्य गरे वापत हौसला र सम्मान गरिएको फाउण्डेशनका सल्लाहकार तथा कार्यक्रम संचालक सिंहले बताए ।
कार्यक्रमको अध्यक्षता परिवारको जेष्ठय सदस्य ई. गौरी शंकर सिंहले गरेका थिए भने प्रमुख अतिथिमा मनरा शिसवाका मेयर मोहन पाण्डेय तथा विशिष्ट अतिथिमा पुर्वमेयर संजय कुमार सिंहको उपस्थिति रहेको थियोे । स्व. नेता सिंहको पैत्रिक निवास मनराकट्टीमा सम्पन्न कार्यक्रमको संचालन शिक्षाकर्मी एवम् सञ्चारकर्मी संजीव सिंहले गरेका थिए । विशुद्ध रुपले सामाजिक कार्यप्रती अग्रसर यो फाउण्डेशनले निरन्तर रुपमा उनको पुन्यतिथि कार्तिक ०२ गतेको अवसरमा सम्मान एवम् सम्वादको सहकार्य गरिरहेकाे फाउण्डेशनका अध्यक्ष ई. रन्जित कुमार सिंहले बताए ।
पुण्यथितिको पारिवारिक सदस्यहरु डा. सुजित सिंह, सुमित सिंह, अजित सिंह, संजय सिंह, अभिभावक, नगरका सज्जनबृन्द, कार्यरत शिक्षक, नेताहरु दिप्तांशु सिंह, सुशील यादव, चन्दन दुबे, ललन यादव, नवल किशोर राय, केशरी सिंह, रघुवंश सिंह लगायत वडा नं. २ काे पुर्व वडाअध्यक्ष बिनोद कुमार सिंह, नगर सभापति सन्जिव यादवको उपस्तिथि रहेको थियो।