अमित आनन्द, महोत्तरी । २०८२ माघ १९, सोमवार

मनरा शिसवा नगरपालिकामै पहिलोपटक राजपुत समाजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राजपुत समाज नेपालको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी साँढा उपशाखाको सहयोगमा आज माघ १९ गते सोमवारको दिन महोत्तरीको मनरा शिसवा नगरपालिकाको सदरमुकाम मनरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मनरा बजारमा सम्पन्न रक्तदान कार्यक्रममा जम्मा ३८ जनाले रक्तदान गरेको राजपुत समाज नेपालका महासचिव संजीव सिंहले जानकारी गराए । रक्तदानमा महासचिव सिंह, श्री दुर्गा माविका प्रधानाध्यापक कुमोद कुमार सिंह, समाजसेवी रमण सिंह, श्री दुर्गा क्याम्पसका प्राध्यापक रुपा सिंह, प्राविधिक तर्फका इन्चार्ज सौरभराज मिश्र, शिक्षक ज्ञानेन्द्र रन्जन, समाजसेवी विकेश सिंह, प्रतीक सिंह, सद्दाम हुसेन, विद्यार्थी आकाश ठाकुर, रोहिनी रजक, अमित पासमान, बिन्दिया सिंह, रोहन मण्डल सहितले रक्तदान गरेका थिए ।

#muluktimes #rajputsamaj #राजपुतसमाजनेपाल #rajput #nepal #Manara #manarashisawa #Mahottari #blooddonation #bloodbank #blood

Leave a Reply

Your email address will not be published. Required fields are marked *