मुलुक डेस्क, महोत्तरी । २०८२ कार्तिक २५, मंगलवार

महोत्तरीको मनरा शिसवा नगरपालिकामा अवस्थित श्री दुर्गा माध्यमिक विद्यालय मनरामा नवगठित बाल क्लबले आज विद्यालयमा बृहत् वृक्षारोपण कार्यक्रम गरेको छ ।

बाल क्लबको अध्यक्ष चन्दन साह, उपाध्यक्ष आयुसी गुप्ता, सचिव प्रेम कुमार साह, कोषाध्यक्ष निशाकुमारी सिंह, सदस्यहरू रुपेश चौरसिया, राजेश साह, आदित्य मण्डल सहित विद्यालयका सम्पुर्ण विद्यार्थीहरुको सहकार्यमा विद्यालयको प्राङ्गणमा सयौंको संख्यामा बोटबिरुवा रोपिएको बाल क्लबका संयोजक शिक्षक काजिमान विश्वकर्माले जानकारी गराए ।

बाल क्लबको आयोजना तथा सम्पुर्ण विद्यार्थी, शिक्षक, सहायक प्रअ, प्रधानाध्यापक र श्री दुर्गा क्याम्पस मनराको सहायक क्याम्पस प्रमुख संजीव सिंहको सक्रियता र पहलमा सफलतापुर्वक आजको कार्यक्रम सम्पन्न भएको जानकारी बाल क्लबका सचिव प्रेम कुमार साहले बताए ।

यसैगरी विद्यालयको सरसफाइ, सौन्दर्यीकरण, वृक्षारोपन जनचेतनामूलक कार्यक्रम लगायतको विषयमा बाल क्लबले कार्यक्रम गर्ने बृहत कार्य योजना रहेको साथै मनरा शिसवा नगरपालिकामा रहेको अन्य सामुदायिक विद्यालयमा वृक्षारोपण र सहकार्य गर्ने योजना रहेकोे सचिव प्रेम कुमार साहले बताए । यसका साथै नगरपालिका भित्र रहेको विद्यालयसंग र पालिका तथा जिल्लाको समन्वयमा पनि विविध कार्यक्रम गर्ने थप योजना रहेकोे सचिव साहले बताए।

#muluktimes #shreedurgasecondaryschool #Mahottari #manarashisawa #school #बालक्लब

Leave a Reply

Your email address will not be published. Required fields are marked *