डा. मनोज कुमार झा, काठमाडौं । २०८२ बैशाख १३, शनिवार

पहलगाममा भएको आतंकी हमला पश्चात् भारत-पाकिस्तान बीच देखिएको माहौल र त्यहाँका सरकारको पछिल्लो अभिव्यक्ति एवम् गतिविधिसँगै दुबै देश युद्धमा होमिने सम्भावना बढेकाे देखिन्छ ।
पाकिस्तानले २२ अप्रिल २०२५ को दिन भारतको जम्मू-काश्मिर स्थित पहलगाममा गराएको अमानवीय क्रुर आतंकवादी हमला, जसमा धर्मकै आधारमा हिन्दु धर्मावलम्बीहरुलाई पहिचान गरि २८ जनाको हत्या गरियो त्यसको बिरुद्ध भारत यसपटक पाकिस्तानमाथी निकै ठुलो सैन्य कार्यवाही गर्नेबाला छ र त्यसको तैयारी पनि त्यस्तै देखिदैछ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारको मधुबनीबाट सम्पूर्ण विश्वलाई दिएको संदेशबाट पनि स्पष्ट बुझ्न सकिन्छ ।
भारत-पाकिस्तान बिच सृजित वर्तमान घटनाक्रममाथी राष्ट्रिय नागरिक आन्दोलन एवम् राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज कुमार झा (डा.मनोज मुक्ति “विवेक”) ले भविष्यमा हुने तथा देखिने परिणामलाई बुँदागत गरि संक्षिप्त रुपमा टिप्पणी गरेका छन् ।
१) पाकिस्तानलाई “परमाणु निशस्त्रीकरण” गरिनेछ (उसको परमाणु खोसिने छ) ।
२) युद्ध कै अवधिमा आधा भन्दा अधिक पाकिस्तानी सेना देश छोडेर भाग्छन, लाखौं मारिनेछन र घरबार बिहिन हुनेछन् ।
३) तुर्की, यूरोप र चीनको सहयोगमा पाकिस्तानले केहि दिन युद्धलाई आक्रमक बनाउने असफल प्रयास गर्नेछ जसले उ झनै समस्यामा पार्नेछ र पाकिस्तानलाई ठुलो विध्वंस झेल्नु पर्नेछ ।
४) युद्ध लम्बियो भने भारत-पाकिस्तान युद्धबाट यूरोपले हात र साथ झिक्छ, पछाडि हट्छ, बाहिरिन्छ ।
५) भारत – पाकिस्तान युद्धको लाभ उठाउँदै अफगानिस्तानले पाकिस्तानको केही भूभाग माथि कब्जा गर्छ !
६) पाकिस्तानलाई चीन र तुर्कीको साथ निरन्तर जारी रहनेछ र युद्ध लम्बिएको खण्डमा तथा विध्वंसात्मक – विनाशकारी परिस्थिति सृजना भएको अवस्थामा अमेरिका र इजरायल खुलेरै सम्पूर्ण तबरले भारत सँग उभिने छ ।
७) रूसले भारतलाई हथियार, उपकरण, टेक्नोलोजी ले साथ-सहयोग जारी राख्छ र हुनसक्छ पाकिस्तानलाई पनि रुसले एकदमै महगो दरमा हतियार बेच्ने छ ।
८) पाकिस्तानलाई निकै ठुलो नाेक्सानकाे सामना गर्नुपर्ने हुनसक्छ, नतीजा बलूचिस्तान-सिंध देश र गिलगित बाल्टिस्तान स्वतंत्र देशको रुपमा स्थापित हुनसक्ने छ ।
९) भीषण युद्धका कारण पाकिस्तान ५ टुक्रामा बिभक्त हुनेछ र बाँकी बसेको पाकिस्तान शासित पंजाब प्रांत दुनियाँको सबैभन्दा ठुलो “रेड लाइट एरिया” बन्ने छ ।
१०) पाकिस्तान शासित क्षेत्र कश्मिर (PoK) भारतमा गाभिनेछ ।
११) ५ टुक्रामा बिभाजित पाकिस्तानबाट बनेको / नयाँ राष्ट्र-देशको रुपमा अस्तित्वमा उदाउने भू-भागका नागरिकले भारतमा गाभिने प्रस्ताव राख्न सक्ने सम्भावना हुन सक्छ ।
१२) भारत र चीनको बीच सिधा “शक्ति प्रदर्शन” हुँदैछ, जुन एकदमै भयावह र विनाशकारी हुने प्राय निश्चित छ । “आतंकिस्तान-पाकिस्तान” भारतले अहिलेको सैन्य अपरेसनको नाम “सर्वनाश” / “सम्पूर्ण विनाश” दिएको छ र त्यसै अनुरुपको उसको तैयारी पनि देखिन्छ ! आन्तरिक, बाहिरी, विश्व स्तरमा, राजनीतिक, कुटनीतिक, सैन्य, सामरिक, आर्थिक हरेक मोर्चामा भारत एकदमै सुक्ष्म रणनीतिको साथ सफलतापुर्बक अगाडि बढिरहेको देखिन्छ !
१३) अबको ५ वर्ष भित्र दक्षिण एसियाको भूगोल (राजनीतिक नक्सा) मा व्यापक परिवर्तन देखिनेछ, सम्भवत: पुरै विश्वमा आज अस्तित्वमा रहेका धेरै देशहरु नरहन सक्छ, महाशक्ति राष्ट्रहरुको भौगोलिक विस्तार हुनेछ । पुरै विश्वलाई अब ४ वटा महाशक्ति राष्ट्रले निर्देशित एवम् नियंत्रित गर्न सक्ने छ ।
(टिप्पणी, तर्क र सम्भावना लेखकको निजि विचार हो।)