मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र २२, शुक्रवार

बलिउड एक्टर मानोज कुमारकाे ८७ वर्षको उमेरमा आज शुक्रवार मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा लगभग विहान ३ बजे निधन भएको छ ।
मनोज कुमारले आफ्नो फिल्मको क्यारियरमा धेरै देशभक्त चलचित्रहरू गरेका छन् त्यसैले फ्यानहरूले उसलाई मायाको साथ उनलाई ‘भरत कुमार’ भन्ने गर्दछ्न्। क्रान्ति, रोटी, सहारा, चाँद, हनिमुन, पूर्व और पश्चिम, मेरी आवाज सुनो, नसिब, नील कमल, उपकार, पत्थरके सनम, पिया मिलनकी आस जस्ता फिल्ममा मनोज कुमारले काम गरे। उनलाई राष्ट्रिय पुरस्कार पद्म श्री र दादासादेब फालके पुरस्कारले सम्मानित गरिएको थियो ।

मनोज कुमारको जन्म २४ जुलाई १९३७ मा पाकिस्तानको एबटाबादमा भएको थियो। उसको वास्तविक नाम हरिकृष्ण गिरी गोस्वामी थियो। उनको परिवार मुलुकको विभाजनको समयमा दिल्ली आइपुगे जहाँ बाल्यकालदेखि नै उनी सिनेमाको दिवाना थिए। उनी चलचित्रहरू हेर्न खुब मन पराउँथे। उनले दिलीप कुमारको फिल्म शबनामा उनको चरित्र मनोज कुमारको नाममा आफ्नो नाम नै मनोज कुमार राखे।