मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र २२, शुक्रवार

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय मनरा शिसवा महाेत्तरीले वित्तीय साक्षरता तथा अन्तरकृया कार्यक्रम हिजो बिहीवार एकडारा गाउँपालिकामा सम्पन्न गरेको छ ।

महोत्तरीको एकडारामा रहेकाे श्री माध्यमिक विद्यालय (०+१२) मा भव्यताका साथ वित्तीय साक्षरता तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरिएको छ । साे कार्यक्रम एकडारा गाउँपालिका वडा नम्बर १ का अध्यक्ष मनाेज कुमार मण्डलकाे प्रमुख आतिथ्यतामा र एकडारा गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष रामविलास रायकाे विशिष्ट आतिथ्यतामा दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो।

वित्तीय साक्षरता तथा अन्तरकृया कार्यक्रमको अवसरमा श्री माध्यमिक विद्यालय एकडाराका प्राधानाध्यापक राम दिनेश मण्डल, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड कलस्टर प्रमुख भागवत यादव, एकडारा गाउँपालिका पुर्व वडा अध्यक्ष रैहान रेजा अन्सारी, स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड मनरा शिसवा उपशाखा कार्यालय प्रमुख नथुनी कुशवाहा, सदस्री उषा देवि, प्रशिक्षकद्वय दिपेन्द्र झा र जुली झा, अन्जु देवि, मुकेश चौधरी, रामसाेगारथ यादव, अनिल चौधरी, मनिशंकर ठाकुर लगायत विभिन्न केन्द्रका अध्यक्ष, सचिव, उपप्रमुख, महिला सदस्य समेतको उल्लेख्य सहभागीता रहेको थियो ।