मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०२, शनिवार

मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रुपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेज (नेक) र मलेसियाको जे एस जे कलेज विच शैक्षिक समझदारी भएको छ । कार्यक्रमहरुको आदानप्रदान गर्ने, अनुसन्धान तथा परियोजनामा सहकार्य गर्ने, प्रबिधि र स्रोतको साझा प्रयोग, तालिम तथा सेमिनार आयोजना गर्ने हेतुले दुइवटा शैक्षिक संस्था बीच समझदारी भएको हो ।

समझदारीमा नेकको तर्फबाट सहायक प्राचार्य इन्जिनियर सहप्राध्यापक मोहनध्वज के.सी. र जे एस जे कलेज मलेसियाको तर्फबाट चिफ कार्यकारी अधिकृत डा. के. हरिकृष्णनले हस्ताक्षर गरेका छन् । सहायक प्राचार्य के.सी.ले समझदारीले दुई कलेजको शैक्षिक गुणस्तर अभिबृद्धि गर्न, विद्यार्थीहरुको पढाई र अनुसन्धानलाई अझ फराकिलो बनाउन टेवा पुग्ने बताए ।

‘विद्यार्थीहरुको ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्न, पढाईको गुणस्तरीयता कायम गर्न तथा विद्यार्थीहरुलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमै एक्सपोज हुने अवसर प्रदान गर्न विभिन्न देशका प्रतिष्ठित कलेजहरुसँग हाम्रो सहकार्य भइरहेको हुन्छ। त्यसै अनुरुप मलेसियाको प्रतिष्ठित कलेज जे एस जे कलेजसँग पनि शैक्षिक समझदारी कायम गरिएको हो ।’ नेकका सहायक प्राचार्य के.सी.ले बताए ।

जे एस जे कलेज सीपमा आधारित शिक्षा प्रदान गर्ने मलेसियाको उत्कृष्ट कलेज हो । यसलाई मलेसियाको मानव संसाधन मन्त्रालय अन्तरगतको जबातन पेम्बाङ्गुनन केमारिहनले फाइभ स्टार दिएको छ। विगत १० वर्षदेखि कलेजले विश्वब्यापी औद्योगिक उच्च दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *