मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०१, शुक्रवार

चर्चीत उपन्यास “बसाइँ” का लेखक साहित्यकार लीलबहादुर क्षेत्रीको ९३ वर्षको उमेरमा निधन भएको छ ।

वि.सं. १९८९ मा असम, गुवाहटीमा जन्मिएका चर्चित साहित्यकार लीलबहादुर क्षेत्रीको वि.सं. २०८१ फागुन २९ गते निधन भएको छ। करुण रसका लेखक क्षेत्रीको बसाइँ उपन्यास नेपाली साहित्यको अमूल्य धरोहर मानिन्छ।

उनका कृतिहरू बसाइँ, ब्रह्मपुत्रको छेउछाउ, अतृप्त, दोबाटो, असममा नेपाली भाषाको साह्रोगाह्रो, तीन दशक बीस अभिव्यक्ति, आदि छन्।

#muluktimes #literature #basain #novel #laureate #nepalilaurate #LiteratureReview #demise

Leave a Reply

Your email address will not be published. Required fields are marked *