मुलुक डेस्क, महोत्तरी । २०८१ चैत्र ०१, शुक्रवार

श्री नेपाल राष्ट्रिय कुलदिप (ने.रा.कु.) माध्यमिक विद्यालयमा कक्षा १० को बिदाई कार्यक्रम सम्पन्न भएको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका वडा नं. २ कट्टीमा अवस्थित श्री ने.रा.कु. माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई विद्यालयले १० वर्षको अध्ययन पश्चात् बिदाई गरिएको प्रधानाध्यापक रामराज साहले बताए।

उज्वल भविष्य र एसईई परिक्षामा राम्रो गर्ने शुभकामना सहित अध्ययनरत कुल २६ विद्यार्थीलाई बिदाई सहित होली खेलेर समारोह सभ्य तरिकाले मनाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल कुमार सिंहले बताए ।

यो विद्यालयको पहिलो एसईई ब्याच रहेको व्यवस्थापन समितिका सदस्य जयप्रकाश सिंहले बताए । आफ्नै गाउँको विद्यालयबाट पहिलोपटक एसईई ब्याचमा समेल हुनु गर्वको अनुभुती भएको विद्यार्थी अमित कुमारको प्रतिक्रिया रहेको थियो । यसका साथै विद्यार्थीहरुले शिक्षक शिक्षिकालाई पनि रङ्ग अबिर लगाएर सम्मान प्रकट गरेका थिए ।


#muluktimes #school #secondaryschool #examination #exams #Mahottari #manarashisawa #katti #manarakatti

