मुलुक डेस्क, काठमाडौं । २०८१ चैत्र ०१, शुक्रवार

कोशी प्रदेश प्रमुख परशुराम खापुङद्वारा सभामुखबाट प्रमाणित गरि पेश हुन आएका विधेयकहरू प्रमाणीकरण गरिएको छ ।
प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेश सभाबाट पारित भई नेपालको संविधानको धारा २०१ को उपधारा (१) बमोजिम सभामुखबाट प्रमाणित गरि पेश हुन आएका देहायबमोजिमका विधेयकहरू नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम मिति २०८१ फाल्गुन २९ गते प्रमाणीकरण गरेका छन्।

१. प्रदेश जीवनाशक विषादी व्यवस्था गर्न बनेको विधेयक, २०८१
२. प्रदेश बीउबिजनसम्बन्धि व्यवस्था गर्न बनेको विधेयक, २०८१
३. केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक, २०८१
४. प्रदेश भवन ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१
५. कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक, २०८१
