वीरेश राई, सङ्खुवासभा । २०८१ फाल्गुन २९, बिहीवार

सङ्खुवासभाकाे खाँदबारीमा प्रगतिशील लेखक सङ्घकाे चाैथाे महाधिवेशन सम्पन्न भएको छ। चाैथाे महाधिवेशनले अध्यक्षमा ताराबहादुर बुढाथोकीलाई सर्वसम्मत चयन गरेको छ ।

सङ्घका अध्यक्ष लक्ष्मी ढुंगानाकाे अध्यक्षतामा र कोशी प्रदेशका अध्यक्ष एवम् केन्द्रीय सदस्य साहित्यकार तिला लेकालीकाे प्रमुख आतिथ्यतामा बसेकाे अधिवेशनले वहुआयमिक साहित्यकार ताराबहादुर बुढाथोकीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ।

प्रलेसका केन्द्रीय सदस्य बाेधकुमार घिमिरे, प्रलेस कोशीका सचिव राजेन्द्र सर्वहारा, उदयपुर जिल्ला सचिव फणीन्द्र विस्वकर्मा समेतको विशेष आतिथ्यतामा सम्पन्न अधिवेशनमा सचिवमा गीतकार सनम थापा, सहसचिवमा कवि राम गुरुङ, काेषाध्यक्षमा कवि तारा घिमिरे र सदस्यमा कवि कृष्णबहादुर चापागाईं, पार्वती नेपाली र गीताञ्जली कटुवाल चयन भएका छन् र बाँकी पद चाँडै मनाेनित गरिने कार्यक्रममा जानकारी गराइएको थियोे।

कार्यक्रममा विभिन्न राजनीति दलका जिल्ला अध्यक्ष र जिल्ला सह-ईन्चार्जहरु खड्गबहादुर राई, कृष्ण जिमी “भरत”, सीताराम तिम्सिना, मानसिंह पाेख्रेल लगायतको उपस्थिति रहेको थियोे । यसका साथै वरुण बहुमुखी क्याम्पस प्रमुख चित्ररेखा अधिकारी कार्की, हिमालय किरण क्याम्पस प्रमुख टीकाराम श्रेष्ठ, शिक्षक महासङ्घ अध्यक्ष शेरबहादुर पुरी लगायत चालीस जना स्रष्टाहरुकाे उपस्थिति रहेको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *