मुलुक डेस्क, महोत्तरी । २०८१ फाल्गुन २२, बिहीवार

देशको पुरानो विद्यालयमध्ये एक श्री दुर्गा माध्यमिक विद्यालय मनरा (महोत्तरी)मा एसईई परिक्षा दिने कक्षा १० को विद्यार्थीको बिदाई समारोह मनाइएको छ।

करिब ८० वर्ष पुरानो यो विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीले कक्षा १० काे विद्यार्थीकाे सम्मानमा बिदाई कार्यक्रम गरेको थियो । विद्यालय प्राङ्गणमा आजै भएको बिदाई समारोहमा कक्षा १० का विद्यार्थीहरुले सम्पुर्ण शिक्षकलाई सम्मान स्वरुप अबिर माला लगाइदिएका थिए भने विद्यालयका प्रधानाध्यापक कुमोदकुमार सिंह, स. प्रधानाध्यापक तेजनारायण मिश्र सहितका शिक्षकले विद्यार्थीलाई पनि अबिर माला लगाउदै एक्जाम पैड र पेन वितरण गरेको थियो ।

बिदाई समारोहमा खेलकुद प्रतियोगितामा अब्बल भएकालाई प्रमाणपत्र र मेडल वितरण गरिएको थियो । यसका साथै कक्षा १० मा अध्ययनरत विशाल साहले समारोहका सहजकर्ता तथा श्री दुर्गा क्याम्पका स. क्याम्पस प्रमुख संजीव सिंहलाई उनको स्केच सम्मान स्वरुप भेट गरेका थिए। यसैगरी विशेष नाचगान गरि समारोहलाई मनमोहक र अविस्मरणीय बनाउन कक्षा ९ र १० का विद्यार्थीको महत्वपुर्ण भुमिका रहेको शिक्षक काजिमान विश्वकर्माले बताए ।


#muluktimes #Mahottari #Manara #manarashiswa #Madhesh #madheshpradesh #shreedurgaschool #shreedurgacampus #school #farewell #class10th #students #secondaryeducation

