मुलुक डेस्क, महोत्तरी । २०८१ फाल्गुन २२, बिहीवार

महोत्तरी जिल्लाको मनराशिसवा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालय (प्रशासकीय भवन)को भोलि फाल्गुन २३ गते शुक्रवारको दिन उद्घाटन हुने कार्यक्रम रहेको छ ।

करिब १६ कठ्ठा क्षेत्रफलमा फैलिएको तीन तल्ले प्रशासकीय भवनको शिलान्यास मिति २०७७ कार्तिक १० गते सोमवार तत्कालीन मेयर संजय कुमार सिंहले गरेका थिए । करिब रु. १० करोडको कुल लागतमा निर्माण भएको उक्त भवनको उद्घाटन पुर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसको सभापति शेर बहादुर देउवाले गर्ने कार्यक्रम रहेको मनरा शिसवाका मेयर मोहन पाण्डेले जानकारी गराएका छन् । करिव ४ वर्ष ६ महिनाको अवधि लगाएर काठमाडौंकाे सिनर्जी/ ज्ञानज्याेती जे भि कम्पनीले उक्त भव्य भवनको निर्माण कार्य सम्पन्न गरेको हो ।

#muluktimes #Mahottari #Manara #manarashiswa #muniicipality #Madhesh #madheshpradesh

Leave a Reply

Your email address will not be published. Required fields are marked *