मुलुक डेस्क, काठमाडौं । २०८१ माघ २४, बिहीवार

महोत्तरीको मनरा शिसवामा नगरपालिकामा चौथो राष्ट्रपति रनिङ्ग शिल्डको आज श्री दुर्गा माध्यमिक विद्यालय मनराको प्राङ्गणमा शुभारम्भ भएको छ ।

चौथो राष्ट्रपति रनिङ्ग शिल्डको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा नगरपालिकाका मेयर मोहन पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत राजेश शर्मा, शिक्षा शाखा प्रमुख जयशंकर मण्डल, वडा नं. १ का वडाध्यक्ष गोविन्द चौरसिया, वडा नं. ६ का वडाध्यक्ष रामबहादुर साह, श्री दुर्गा माविका स. प्रधानाध्यापक तेजनारायण मिश्र, श्री दुर्गा क्याम्पका प्राध्यापक सजीव सिंह, श्री मुन्सिफ मावी साँढाका प्रअ मदन सिंह, खेल प्रशिक्षक अंशु सिंह राजपुत सहित अन्य प्रशिक्षक, पदाधिकारी र खेलप्रेमी विद्यार्थी तथा दर्शकको उपस्थिति रहेकोे थियो ।

आजको कार्यक्रममा स्वागत मन्तव्य दुर्गा क्याम्पका प्राध्यापक संजीव सिंहले व्यक्त गरेका थिए भने विशिष्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत राजेश शर्मा र प्रमुख अतिथि मेयर मोहन पाण्डेयले आआफ्नो मन्तव्य राखेका थिए । आजको प्रतियोगितामा ५ वटा विद्यालयका छात्र र छात्राको सहभागिता १३ वटा प्रतिस्पर्धामा रहेको थियो । आजको प्रतिस्पर्धा सय मिटर, दुईसय मिटर, चारसय मिटर, आठसय मिटर, पन्ध्रसय मिटर, तीन हजार मिटर, रिले दौड, हाईजम्प, लङजम्प, ट्रिपलजम्प, सर्टफुट, ज्याभलिन थ्रोमा प्रतिस्पर्धिहरु सहभागी बनेको थियो ।

उद्घाटन सत्रमा श्री मुन्सिफ मावी साँढाले विभिन्न विधामा गरी ११ स्वर्ण, ६ रजत र ४ कास्य पदक सहित अग्रस्थानमा रहे भने श्री सरयू मुनिलाल मावि सरपल्लो ७ स्वर्ण, ९ रजत र ४ कास्य सहित दोस्रो, श्री जनता माध्यमिक विद्यालय कटैया ४ स्वर्ण, ८ रजत र २ कास्य सहित तेस्रो, श्री ने रा कु मावी मनराकट्टी ३ स्वर्ण, ३ रजत र ६ कास्य सहित चौथो स्थानमा तथा श्री दुर्गा मावि मनरा १ स्वर्ण, १ रजत र ९ कास्य सहित पाँचौ स्थानम रहन सफल रह्यो ।

#muluktimes #rastrapatirunningshield #presidentrunningshield #MANARA #manarashishwa #Mahottari #sports #school

Leave a Reply

Your email address will not be published. Required fields are marked *