मुलुक डेस्क, काठमाडौं । २०८१ माघ १०, बिहीवार

समतामूलक समाजबादी नेता स्व. गजेन्द्रनारायण सिंहको २४ औं पुन्यतिथीको अवसरमा गजेन्द्रनारायण सिंह अध्ययन केन्द्रले आज “गजेन्द्र बाबूको चिन्तन मधेशको भावि कार्यदिशा नामक” बिचार बिमर्श बिचार गोष्ठीकाे आयोजना गरेको छ ।

गजेन्द्रनारायण सिंह नेपालका कुशल र सम्मानित राजनीतिज्ञ थिए। उनी नेपाल सद्भावना पार्टीका संस्थापक अध्यक्ष थिए। उनको जन्म सप्तरी जिल्लाको काेइलाडीमा भएको थियो। उनलाई मधेशको सम्मान र पहिचानको राजनीतिको सुरुवातकर्ताको रुपमा चिन्ने गरिन्छ । जीवनभर राजनिती गरेका सिंह मधेशको मशिहा भनेर परिचित छन् । नेपाल प्रजातान्त्रिक परिवर्तनमा भएको आन्दोलनमा सिंह सक्रिय योद्धाको रुपमा सक्रिय रहेका थिए ।