मुलुक डेस्क, काठमाडौं । २०८१ माघ १०, बिहीवार

राजस्थानको चित्तौडगढको गंगरारमा अवस्थित सालेरा गाउँको विद्यालयबाट प्रिन्सिपल र शिक्षिकाबिचको अश्लील भिडियो भाइरल भएको छ । भिडियो भाइरल भएपछि दुबै शिक्षकलाई निलम्बित गरिएको छ ।
विद्यालय परिसरमा कार्यालयभित्र दुई शिक्षकहरू अनुचित व्यवहारमा संलग्न भएको क्रियाकलाप सीसीटीभीमा कैद भएको छ । विचलित फुटेजले गाउँलेहरूमा आक्रोश मात्र पैदा गरेको छैन की विद्यालय प्रशासनमा गम्भीर त्रुटिहरू भएको पनि उजागर गरेको छ। उक्त भिडियो भाइरल भएपछि घटनाको छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरी दोषी शिक्षकलाई तत्काल निलम्बन गरिएको थियो ।
यस घटनाले शिक्षकहरूको नैतिक स्तर र शैक्षिक संस्थाहरूमा विद्यार्थीहरूको सुरक्षा र मनोबलको बारेमा गम्भीर चिन्ता खडा गरेको छ । भाइरल भिडियोमा कथित रूपमा महिला शिक्षिकाले आफ्ना पुरुष सहकर्मीलाई चुम्बन गरेको र पछि घुँडा टेकेर अनुपयुक्त काम गरेको देखाइएको छ। गोप्य रूपमा रेकर्ड गरिएको उक्त भिडियो सामाजिक सञ्जालमा जङ्गलको आगोझैं फैलिएको छ । अधिकारीहरूले अनुसन्धान थालेका छन् र संलग्नहरूमाथि कडा कारबाही हुने अपेक्षा गरिएको छ। यस स्क्यान्डलले अभिभावक, विद्यार्थी र अधिकारीहरूलाई स्तब्ध बनाएको छ। शैक्षिक संस्थाहरूमा नैतिकता, सामाजिकता र व्यावसायिकताको बारेमा बहस सुरु गरेको छ ।
शिक्षाको परिसरमा प्रिंसिपल पंडित अरविन्द व्यास र शिक्षिका कांता पांडेय बिचको यो हर्कतले समाजलाई सर्मसार गरेको छ । दुईजनाको चर्चितकला विद्यालय, विद्यार्थी र गाउँले बिच महिनौंदेखि चर्चा र बहसको विषय बनेको थियोे । सत्यतथ्य पत्ता लगाउन शिक्षक, विद्यार्थी र गाउँले मिलेर कार्यालयमा हिडेन सिसिटिभी क्यामेरा जडान गरेेको थियो ।