मुलुक डेस्क, काठमाडौं । २०८१ माघ ०६, आइतवार

ललितपुरको गाेदावरी नगरपालिकाको महिला तथा बालबालिका शाखाकाे आयाेजनामा विद्यालयस्तरिय १२ वटा विद्यालयका २१ जना बालबालिकाहरुले बनाएको चित्रकलाको आज देखि पाटन संग्रहालयमा प्रदर्शनी हुने भएको छ।

धुम्रपान मधपान लगायत लागू औषधी प्रयाेग निवारण सम्बन्धी ५ दिने चित्रकला तालिममा बनाएका ४० वटा चित्रहरुकाे पाटन संग्रहालयमा २०८१ माघ ६ गते आइतबार र ७ गते सोमवार चित्रकला प्रर्दशनी हुँदैछ । प्रशिक्षक अजय देशार, सितु मास्के, आकाश गाेलेकाे प्रशिक्षणमा मिति २०८१ पौष २१ गते देखि पौष २५ गते सम्म माध्यमिक विद्यालयका बाल चित्रकारले बनाएको चित्रहरुकाे पाटन संग्रहालयमा आजदेखि चित्रकला प्रर्दशनी हुँदैछ ।

चित्रकला प्रर्दशनी सहभागी विद्यालयहरुको रुपमा
श्री वाणीविलास मा.वि.,श्री उदय खर्क मा.वि., श्री पथ पर्दशक मा.वि., श्री पुष्पाञ्जलि मा.वि., किटिनि मा.वि., किङडम स्टार, बज्रबाराही मा.वि., जनविकास मा.वि., सरस्वती मा.वि., नवज्योति मा.वि., बुद्ध मा.वि. र सम्ये स्कुल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *